१२ बैशाख २०८२, शुक्रबार
,
Latest
पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ? भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु वार्ताका लागि भनेर गएका शिक्षकहरू मन्त्रालय प्रवेश नगरी फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक मल समयमा उपलब्ध गराउन सरकारलाई प्रमुख सचेतक बर्तौलाको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै  प्रमुख सचेतक बर्तौलाले किसानहरुले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड रहेको बताउनु भयो । उहाँल नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गर्नुभयो । उहाँले खेतीपातिको समय शुरु भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘किसानहरुले लामो समयदेखि दुधको मूल्य पाएका छैनन् । देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी गर्नुपर्ने छ । मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ । कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल कृषि प्रधान देश हो । सरकारले बजेट बनाउँदै छ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस् । माग गर्नु चाहन्छु । साथै खेतीपातिको समय शुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा सहजता भएको छैन । विचौलिया हाबी भइरहेका छन् । रासायनिक मल किसानहरुले सहज रुपमा पाउने व्यवस्था गरियोस् ।’