१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

रासायनिक मल समयमा उपलब्ध गराउन सरकारलाई प्रमुख सचेतक बर्तौलाको ध्यानाकर्षण

रासायनिक मल समयमा उपलब्ध गराउन सरकारलाई प्रमुख सचेतक बर्तौलाको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै  प्रमुख सचेतक बर्तौलाले किसानहरुले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड रहेको बताउनु भयो । उहाँल नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताउनु भयो ।

उहाँले किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गर्नुभयो । उहाँले खेतीपातिको समय शुरु भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘किसानहरुले लामो समयदेखि दुधको मूल्य पाएका छैनन् । देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी गर्नुपर्ने छ । मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ । कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल कृषि प्रधान देश हो । सरकारले बजेट बनाउँदै छ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस् । माग गर्नु चाहन्छु । साथै खेतीपातिको समय शुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा सहजता भएको छैन । विचौलिया हाबी भइरहेका छन् । रासायनिक मल किसानहरुले सहज रुपमा पाउने व्यवस्था गरियोस् ।’