• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस पदाधिकारी बैठक बस्दै, एमाले अध्यक्ष ओलीसँगको छलफलबारे देउवाले जानकारी दिने ★   प्रतिनिधिसभा बैठकमा आज गृह, अर्थ र शिक्षामन्त्रीले जवाफ दिने ★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य

श्रीलंकाले बंगलादेशविरुद्ध क्लिन स्वीप गर्दै सिरिज २–० ले जित्यो



एजेन्सी । श्रीलंकाले दुई टेष्टको सिरिजमा क्लिन स्वीप गरेको छ ।पहिलो टेस्ट म्याचमा बंगलादेशलाई ३२८ रनले पराजित गरेको थियो ।

जहाँ दोस्रो टेष्ट खेलमा पाहुना टोलीले आयोजक राष्ट्रलाई १९२ रनले पराजित गरेको हो । दोस्रो टेस्टमा बंगलादेशको फिल्डिङ निकै कमजोर थियो, जसको फाइदा श्रीलंकाका ब्याट्सम्यानले उठाएका थिए ।

दोस्रो टेस्टमा श्रीलंकाले पहिले ब्याटिङ गर्दै पहिलो इनिङ्समा ५३१ रनको विशाल स्कोर बनाएको थियो । ओपनिङ जोडीले टोलीलाई बलियो सुरुवात गराए । निशान मधुस्का र करुणारत्नेले अर्धशतक बनाए । कुसल मेन्डिसले ९३ रनको इनिङ खेले । चण्डिमल, धनञ्जय डि सिल्भा र कामिन्दु मेन्डिसले पनि अर्धशतक बनाए ।

जवाफमा बंगलादेशको पहिलो इनिङ्स १७८ रनमा समेटिएको थियो । बंगलादेशका लागि जाकिर हसनले मात्र संघर्ष गरे । जाकिर ५४ रन बनाएर आउट भए । मोमिनुलले ३३ रनको योगदान दिए । श्रीलंकाका फर्नान्डोले ४ विकेट लिए भने प्रभात जयसूर्या, लाहिरु कुमारा र विश्व फर्नान्डोले २–२ विकेट लिए । पहिलो इनिङ्सको आधारमा श्रीलंकाले ३५३ रनको अग्रता लिएको थियो ।

ठूलो अग्रता लिएर आएको श्रीलंकाले ७ विकेट गुमाएर १५७ रन बनाएर दोस्रो इनिङ्स घोषणा गरेको थियो । म्याथ्युजले ५६ रनको अर्धशतकीय इनिङ खेले । पाहुना टोलीले आयोजक राष्ट्रलाई जितका लागि ५११ रनको लक्ष्य दिएको थियो । बंगलादेशका हसन महमुदले ४ विकेट लिए ।

श्रीलंकाले दिएको ५११ रनको लक्ष्यको जवाफमा बंगलादेश दोस्रो इनिङ्समा ३१८ रनमै सीमित भयो । मोमिनुल हकले ५६ बलमा ५० रन बनाए भने मेहदी हसन मिराजले ११० बलमा ८१ रनको इनिङ्स खेल्दै टोलीलाई जित दिलाउन सक्दो प्रयास गरे । तर, उनले अन्य ब्याट्सम्यानको साथ पाएनन् । श्रीलंकाका लागि लाहिरु कुमाराले दोस्रो इनिङ्समा ४ विकेट लिए ।