३ पुष २०८२, बिहीबार
,
Latest
नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले मुन्दुम पदमार्ग क्षेत्रमा पदमार्ग निर्माण विद्यालय बस चालकलाई ट्राफिक सचेतना कक्षा जाडो बढेसँगै हिमालीबाट तल झर्ने बढे चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक नेपालमै पहिलो ह्वीलचेयर रग्बी मैत्रीपूर्ण खेल सम्पन्न, बिआइए इन्स्टिच्युट विजयी सभापति रविको रिहाइले मुलुकको राजनीतिकवृत्तमा उर्जा संचार गरेको छ: डोलप्रसाद अर्याल मिडियालाई जीवन्त राख्न तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्कोग्निटो पनि असुरक्षित ? नागरिकको गोपनीयता कायम राख्ने गुगलको प्रतिबद्धता



अ+ अ-

वासिङ्टन डिसी । लोकप्रिय अनलाइन सर्च इन्जिन गुगलले व्यक्तिको गोपनीयता कायम गर्ने सम्बन्धमा ‘इन्कोग्निटो’ (इन्कोग्निटो भनेको व्यक्तिले गरेको गतिविधि डेटा उपकरणमा सुरक्षित गरिएको वा साइन इन नगरेको खातामा राखिएको छैन भन्नु हो) मोडबाट इन्टरनेट ब्राउजिङ गर्दा डाटा सङ्ग्रह गरिएको छ भन्ने चासोबीच त्यसलाई सुरक्षित गर्न आफूहरु तत्पर रहेको जानकारी दिएको छ ।

‘ब्राउन–गुगल’ को मुद्दामा सोमबार भएको सम्झौतामा ‘इन्कोग्निटो मोड’ मार्फत् सङ्कलन गरिएका वेब ब्राउजिङ डाटाका अरबौं रेकर्डलाई नष्ट गर्ने प्रावधानहरू समावेश गरिएको ‘द भर्ज’ ( द भर्ज भनेको पत्रकारहरूको टोली हो जसले भविष्यमा कसरी प्रविधिले जीवन परिवर्तन गर्नेछ भनेर जाँच गर्दछ ।) को प्रतिवेदनले उल्लेख गरेको छ । साथै भर्जले इन्कोग्निटो मार्फत् गैरकानूनी रूपमा गुगलका प्रयोगकर्ताहरुका गतिविधिहरू अनलाइन ट्रयाक गरिरहेको आरोप सन् २०२० मा लगाएको थियो ।

गुगलका प्रवक्ता जोजे कास्टानेडाले ब्राउनका तर्फबाट पाँच अर्ब अमेरिकी डलरको बिगो माग गरिए पनि न्यायाधीशको फैसलाबाट ब्राउनले कुनै क्षतिपूर्ति भने नपाउने बताउनु भएको छ । कास्टानेडाले अगाडि भन्नुभयो, गुगलको इन्कोग्निटो मोडमा डाटा सङ्कलन गर्ने अभ्यासहरूका सम्बन्धमा थप पारदर्शिता ल्याउने र भविष्यमा डाटा सङ्कलन गर्ने प्रयासहरूमा यसले सीमा लगाउने छ ।

क्यालिफोर्निया सङ्घीय न्यायाधीशले यो मुद्दालाई अनुमोदन गरेमा यसबाट करिब १३ करोड ६० लाख गुगल प्रयोगकर्ताहरूलाई असर गर्न सक्छ ।

अदालतमा गुगलले बुझाएको प्रतिवेदनमा गुगलमा सङ्ग्रह भएको व्यक्तिका डेटालाई हटाउन वा नचिनिने बनाउन करिब ५ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ ।

भर्जका अनुसार यो सम्झौताले वास्तविक जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्ने र इन्टरनेटमा रहेको गोपनीयताको अधिकारलाई सुधार गर्ने र कायम राख्ने दिशामा महत्वपूर्ण कदमको रूपमा रहेको छ ।

गुगलका प्रवक्ता कास्टानेडाले यो मुद्दा योग्य नरहेकामा जोड दिँदै सम्झौताप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । मध्यस्थता सम्झौताका लागि उजूरीकर्ताका तर्फबाट पाँच अर्ब अमेरिकी डलर राखिए पनि उनीहरूले कुनै क्षतिपूर्ति नपाउने कास्टानेडाले स्पष्ट गर्नुभयो । तर कुनैपनि व्यक्तिले आफूलाई नोक्सानी भएको भन्दै क्षतिपूर्ति दाबी गर्न सक्ने बताउनुभयो ।

कम्पनीले प्रयोगकर्ताहरूलाई पाँच वर्षसम्म इन्कोग्निटो मोडमा रहेका कुकीहरू ब्लक गर्न सक्षम बनाउने वाचा गर्दै प्रवक्ताले ब्राउजिङका क्रममा प्रयोगकर्ताहरूको निगरानी गर्नबाट रोकिने उहाँले बताउनुभयो ।

यस सहमतिसँगै व्यक्तिहरूलाई क्यालिफोर्निया राज्यको अदालतमा मुद्दा दायर गर्न बाटो खुलेको छ । यसअघि नै ५० जनाले गोपनीयता हनन् भएको जनाउँदै मुद्दा दायर गरिसकेका छन् ।

गुगलले प्रयोगकर्ताको गोपनीयताको इन्कग्निटो मोड प्रयोग गर्दा व्यक्तिगत प्रयोगकर्तासँग सम्बन्धित नभएको पुरानो प्राविधिक डेटा मेटाउन आफ्नो तत्परता रहेको जानकारी गराएको छ ।

प्रयोगकर्ताको गोपनीयता अधिकारहरूलाई बलियो बनाउन र डिजिटल क्षेत्रमा अझ बढी जवाफदेहितालाई बढावा दिनका लागि यो महत्वपूर्ण कदम हुने उहाँले बताउनुभयो ।