२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको सेमिफाइनलमा ‘बिलबाओ’



अ+ अ-

म्याड्रिड । कोपा डेल रेको सेमिफाइनलमा बिहीबार एथलेटिक बिलबाओले रियल बेटिसलाई सुट–आउटमा ४–१ ले हराएर प्रवेश गरेको छ । राउल गार्सियाले इन्ज्युरी समयमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पेनाल्टीमा बिलबाओ गोलरक्षक उनाई सिमानेले दुई बचाउ गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । यो जितपछि बिलबाओ लगातार दोस्रो वर्ष कोपा डेल रे जित्न सक्ने स्थितिमा पुगेको छ ।

बेटिसले जुनामीको गोलले ८४ औं मिनेटमा अग्रता लिएको थियो । तर गार्सियाले इन्ज्युरी समयको चौथो मिनेटमा गोल फर्काए ।