२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको सेमिफाइनलमा ‘बिलबाओ’



अ+ अ-

म्याड्रिड । कोपा डेल रेको सेमिफाइनलमा बिहीबार एथलेटिक बिलबाओले रियल बेटिसलाई सुट–आउटमा ४–१ ले हराएर प्रवेश गरेको छ । राउल गार्सियाले इन्ज्युरी समयमा गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

पेनाल्टीमा बिलबाओ गोलरक्षक उनाई सिमानेले दुई बचाउ गरे । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । यो जितपछि बिलबाओ लगातार दोस्रो वर्ष कोपा डेल रे जित्न सक्ने स्थितिमा पुगेको छ ।

बेटिसले जुनामीको गोलले ८४ औं मिनेटमा अग्रता लिएको थियो । तर गार्सियाले इन्ज्युरी समयको चौथो मिनेटमा गोल फर्काए ।