• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते



काठमाडौँ । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन चैत २८ गतेलाई तोकिएको छ ।

अध्यक्ष नारायण दाहालले उक्त दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।

यस्तै, अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् ।

गठबन्धन दलको सहमति अनुसार गत चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो पदबाट राजीनामा गरेकी थिइन् ।