३ असार २०८३, बुधबार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड लुम्बिनीको बजेटः खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित सिंहदरबारमा रास्वपा सभापति लामिछाने र मधेस प्रदेश सांसदबिच अधिवेशनबारे छलफल विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड बजेटमा सकारात्मक सुधार र नीतिगत नविनताको प्रयासः विकासविद् मोना शेर्पा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन नेपाली औषधि कम्पनी एमडी फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान संविधान सम्झौताकै दस्ताबेज हो, पूर्ण छैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताउनु भयो । उहाँले अहिले आफूले नयाँ सत्ता समिकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको जिकिर गर्नुभयो । उहाँले समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताउनु भयो ।

माजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताउनु भयो । उहाँले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताउनु भयो । उहाँले संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताउनु भयो । उहाँले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तिब्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौति देख्दादेख्दै पनि चालिएको कदम हो । यसका बिरुद्ध एउटा तप्का निकै नै विक्षिप्त भएको देखिन्छ । तर पनि जनता र राष्ट्रको पक्षमा यो कदमले अन्तत: जनतालाई डेलिभरी दिँदै जाँदा सबैले बुझ्नेगरी स्थापित हुन्छ । संविधानको पनि यहाँ धेरै कुराहरु भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्ताबेज हो ।’

‘त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् । थुप्रै समाजवादका विशेषताहरु पनि छन् । समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जान्छ । पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ । नेपाल मात्रै त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरु, देशभक्तहरु राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तिब्र गतिमा अघि बढाउन सकिन्छ ।’

प्रधानमन्त्री दाहालले आफूले केही जोखिम मोलेर भएपनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको बताउनु भयो । उहाँले समाजवादको जन्म अन्तत: सडकबाटै भएको बताउनु भयो ।