२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज

नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज
अ अ+ अ-

काठमाडौं । नेपालले आज (शनिबार) अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।

नेपालका प्रशिक्षक किरण श्रेष्ठले बरियताको हिसाबले मरिसस नेपालजस्तै टिम भएकोले नेपाल जितको लागि तयार भएको बताए । नेपाल मरिससविरुद्धको खेलको लागि पूर्ण रुपमा फिट भएको र यसको लागि तयारी समेत भएको उनको भनाई छ ।

यस्तै, नेपाली टिमका कप्तान किरण चेम्जोङ नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको भन्दै दुवै खेलमा नतिजा ल्याउने बताउँछन् । मरिससविरुद्धको लागि खेलको लागि नेपाली टिम शारीरीक तथा मानसिक रुपले तयार भएको उनको भनाई छ ।

यता, मरिसस फुटबल टोलीका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो टिम भए पनि आफूहरु रामो नतिजाको लागि तयार रहेको बताए । 

मरिससमा झण्डै साढे २ वर्ष फुटबल गतिबिधि नभएको जानकारी दिँदै आफूहरुले ४५ दिनअघि मात्रै ट्रेनिङ सुरु गरेको र आफ्ना खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्ने प्रशिक्षक टोनीले विश्वास व्यक्त गरे। 

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक अलमुताइरीले शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलका लागि किरणकुमार लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अञ्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्तीमगर, सुनिल बल, नितिन थापा, आकाश बुढामगर, कृतिश रत्न छुन्जु र जगजित श्रेष्ठलाई छनोट गरेका छन् ।

यस्तै, दोस्रो मैत्रीपूर्ण खेलका किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुधन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अञ्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, अनन्त तामाङ, आकाश राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङलाई छनोट गरेका छन् ।

नेपाल र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल भने मंगलबार हुनेछ ।