• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्री थपिँदै



फाईल फोटो

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेका चार जना सांसदलाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ नियुक्त हुने भएका छन् । मन्त्रीहरूको शपथ आजै दिउँसो ३ बजे हुने बताइएको छ ।

योसँगै बागमती सरकारमा एक विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा माओवादीको तर्फबाट मुख्यमन्त्रीसहित ४ जना, एमालेबाट ५ जना, समाजवादीवाट विना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टीबाट १ जना मन्त्री बनेका छन् ।