२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका सडकमा हर्क: ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे व्यवस्था गर्न माग



अ+ अ-

काठमाडौं । धरान उपमहानगरपालीकाका मेयर हर्क साम्पाङ ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्नुपर्ने माग गर्दे सकडमा उभिनु भएको छ ।

केही दिनदेखि संघीय राजधानी काठमाडौंमा रहनु भएका मेयर साम्पाङ ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर ।’ लेखिएको ब्यानर बोकेको एकल रुपमा उभिनु भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।

मेयर हर्क साम्पाङ धरानका विकासकायोजना र सरोकारका मुद्दा लिएर मन्त्री तथा अन्य अधिकारीहरु संग भेटघाट गरिरहनु भएको छ ।