१ असार २०८३, सोमबार
,
Latest
सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् आफ्नै श्रीमतीलाई खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी हत्या गर्ने श्रीमान



अ+ अ-

कास्की । श्रीमतीको हत्या अभियोगमा श्रीमान प्रकाउ परेका छन् । शुक्रबार राति प्रहरीले आफ्नै श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई पक्राउ गरेको हो।  

 पोखरामा डेरा गरी बस्दै आएका पुन पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन्। उनले श्रीमतीलाई राति पौने ८ बजे धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या  गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई पोखरा महानगरपालिका(३३ लामगादीबाट पक्राउ गरिएको हो । 

गमबहादुरले खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको हमालले बताए। उनीउपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको हमालले बताए। 

मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ।