• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु, १०० भन्दा बढी घाइते



एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पु¥याएको छ र रूखहरू उखेलेको छ ।

“आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार र राहत प्रदान गर्न सक्रिय भएका छन् ।

उहाँले प्रभावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । जलपाईगुडीबाट प्राप्त समाचारअनुसार हावाहुरीसँगै आएको असिनापानीले ८०० घरमा क्षति पु¥याउनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखेलेको छ ।

आँधीको असर जलपाईगुडीका छिमेकी जिल्लाहरू कूचबिहार र अलिपुरद्वारमा पनि महसुस गरिएको थियो ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार जलपाईगुडी जिल्लामा स्थानीय समयअनुसार आइतबार अपराह्न ३ः३० बजेतिर आँधी आएको थियो र यो करिब १० मिनेटसम्म चलेको थियो ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले टिस्टा नदी क्षेत्रबाट ठूलो आवाजसहित शुरु भएको आँधीका कारण रूखहरू ढलेका र धेरै घरहरूमा क्षति पु¥याएको उल्लेख गरेका छन् ।