३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 2.57

Humidity: 53

Latest
नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो दुबईबाट आएका युवकलाई कुटपिट गर्ने विमानस्थलका तीन प्रहरी जिम्मेवारीबाट हटाइए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघको मृत्यु भएको हो । बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ । पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिनुभयो । दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो । दुई बाघ राख्नसक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो भएकाले बिरामी परेर बाघको मृत्यु भएको हुनसक्ने पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको भनाइ छ ।

उद्धार गरेर लामो समयसम्म खोरमा राख्नु परेकाले बिरामी भएर बाघको मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो । सन् २०२२ को गणनाअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ दुर्लभ पाटेबाघ रहेका छन् ।