• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी ★   नेपाली काँग्रेस संसदलाई मुठभेडमा लैजान चाहन्छः एमाले ★   भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछः प्रधानमन्त्री ★   राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीलाई काँग्रेस नेता कोईरालाको प्रश्नः कति पटक विश्वासको मत लिनुहुन्छ ? ★   आईपीएलमा आजः को पुग्ला प्लेअफमा, चेन्नई कि बैंगलोर ? ★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

अजय देवगनका कारण अझै कुमारी छिन् ‘क्रू’ अभिनेत्री तब्बु !



एजेन्सी । चलचित्र ‘क्रू’ २९ मार्चमा हलमा रिलिज भएको थियो । यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ ।

फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ । योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठी छिन् तर पनि उनी अविवाहित छिन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन् जुन सफल पनि भएका छन् ।

जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तपाई यति सुन्दर र प्रतिभाशाली हुनुहुन्छ, तब तपाईको जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ?’ यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्, ‘उसलाई सोध…’ अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई तिम्रो लायकको छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’ अभिनेत्रीले हाँस्दै यसो भनिन् ।

मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए । धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताइन्छ । तर, अभिनेत्रीले यसबारे खुलेर बोलेकी छैनन् ।

तब्बुले सन् १९८२ मा चलचित्र बजारबाट बाल कलाकारको रुपमा बलिउडमा डेब्यु गरेकी थिइन् । यसपछि उनी तेलुगु फिल्म कुली नम्बर १ (१९९१) मा देखा परिन् । त्यसपछि तब्बुले धेरै वर्ष तमिल, तेलुगु र कन्नड फिल्ममा काम गरिन् ।

सन् १९९५ मा तब्बु अभिनेत्रीको रुपमा प्रवेश गरिन् । त्यसपछि उनले ‘बीवी नम्बर १’, ‘हम साथ साथ हैं’, ‘साजन चले ससुराल’, ‘जीत’, ‘विरासत’, ‘हकीकत’, हैदर, ‘चाची ४२०’, ‘अन्धाधुन’, ‘विजयपथ’ गरिन् । ’ साथै उनले ‘गोलमाल अगेन’, ‘दे दे प्यार दे’ जस्ता फिल्म पनि गरिसकेकी छिन् ।