१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । मेडिकल उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनलका बजार व्यवस्थापक मनोजकुमार आचार्य, खोप अधिकृत उदेशकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले कोरोना महामारीका बेलामा कोशी प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार गरेको ठहर गरि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । साथै, उनीहरुविरुद्ध दुई करोड ८९ लाख रूपैयाँ बिगो मागदाबी समेत गरेको छ ।