• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक ★   अफगानिस्तानमा गोली हानाहानहुँदा तीन स्पेनीको मृत्यु ★   बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

गुजरातविरुद्ध हैदरावादले टस जितेर ब्याटिङ रोज्यो



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार डबल हेडर (एक दिनमा २ खेल) हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्सले अहमदाबादमा सनराइजर्स हैदरावादको सामना गर्दैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नरेन्द्र मोदी स्टेडियममा हुने उक्त खेलमा हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ । हैदरावादले प्लेइङ इलेभेनमा कुनै परिवर्तन गरेको छैन । गुजरातले भने प्लेइङ इलेभेनमा दुई परिवर्तन गरेको छ ।

यो सिजन दुवै टोलीको तेस्रो खेल हुनेछ । २०२२ को विजेता गुजरातले पाँच पटकको च्याम्पियन मुम्बईलाई हराएर आफ्नो आईपीएलको सुरुवात गरेको थियो । तर, दोस्रो खेलमा चेन्नईसँग टोलीले हार बेहोर्यो ।

अर्कोतर्फ २०१६ को च्याम्पियन हैदरावाद आफ्नो पहिलो खेलमा कोलकातासँग पराजित भएको थियो । तर दोस्रो खेलमा पुनरागमन गर्दै मुम्बईविरुद्ध २७७ रन बनाउँदै ३१ रनले खेल जित्यो । हैदरावादले आफ्नो सुरुवाती दुवै खेलमा २००ं माथि रन बनाएको छ ।