• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   भावुक हुँदै सन्दीपले भने – मेरो सपना पूरा नभए पनि मेरो देशको सपना पूरा भएको… ★   काकाकुल अँधेरीगाउँ ★   विश्वको सबैभन्दा लामो रेल, एक कुनाबाट अर्को ठाउँमा पुग्न घण्टौं लाग्ने ★   म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण ★   गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार पेशी ★   बुकीमै बसेर यार्सागुम्बाको खोजी ★   विश्वको सबैभन्दा लामो जाम, १२ दिनसम्म जाममा फस्नुपरेपछि… ★   अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द ★   वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा ★   सन्दीप लामिछानेको भिसाको पहलका लागि क्यान अध्यक्ष चन्दले भेटे परराष्ट्रमन्त्री

गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु



तम्घास । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।

प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह पे्रमीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा ११:३० को समयमा शव फेला परेको प्रहरीले जनाएको छ । रासस