२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री गहना वशिष्ठ अश्लील भिडियो अपलोड गरेको आरोपमा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी हुन् । 

उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्चका अनुसार, गहनाले आफ्नो वेबसाइटमा पोर्न भिडियो खिचेर अपलोड गर्ने गरेकी छन् ।

भारतीय सञ्चारमाध्यम जी न्युजको खबरअनुसार, गहना आज (आइतबार) अदालतमा उपस्थित हुनेछिन् । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य केही अभिनेत्री र प्रोडक्शन हाउसका कर्मचारीलाई समेत पक्राउ गरिएको छ ।

अभिनेत्री गहना एकता कपुरको एडस्ट सिरिज गन्दी बातमा प्रमुख भूमिकामा देखिएकी छन् । उनले यसअघि मिस एसिया बिकिनीको उपाधि समेत जितिसकेकी छन् ।