१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री गहना वशिष्ठ अश्लील भिडियो अपलोड गरेको आरोपमा पक्राउ



अ+ अ-

नयाँ दिल्ली । अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी हुन् । 

उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्चका अनुसार, गहनाले आफ्नो वेबसाइटमा पोर्न भिडियो खिचेर अपलोड गर्ने गरेकी छन् ।

भारतीय सञ्चारमाध्यम जी न्युजको खबरअनुसार, गहना आज (आइतबार) अदालतमा उपस्थित हुनेछिन् । उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य केही अभिनेत्री र प्रोडक्शन हाउसका कर्मचारीलाई समेत पक्राउ गरिएको छ ।

अभिनेत्री गहना एकता कपुरको एडस्ट सिरिज गन्दी बातमा प्रमुख भूमिकामा देखिएकी छन् । उनले यसअघि मिस एसिया बिकिनीको उपाधि समेत जितिसकेकी छन् ।