• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

बाबर आजम फेरि बने पाकिस्तान क्रिकेट टिमका कप्तान, शाहिन अफ्रिदीलाई हटाउनुको कारण यस्तो



एजेन्सी । बाबर आजमलाई सीमित ओभरको क्रिकेटका लागि पाकिस्तान क्रिकेट टिमको कप्तानमा पुनः नियुक्त गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डले आइतबार यो घोषणा गरेको हो । जुनमा हुने टी–२० विश्वकपमा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व बाबर आजमले गर्ने निर्णय भएको छ ।

योसँगै फास्ट बलर शाहिन अफ्रिदीको टी–२० अन्तर्राष्ट्रिय फर्म्याटको कप्तानी हटाइएको छ । गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपपछि बाबर आजमले सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

तर, पाकिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल मार्फत बाबर आजमलाई कप्तान बनाउनुको कारणबारे जानकारी दिएको छ ।

पीसीबीले बाबर आजम र मोहसिन नक्वीबीचको कुराकानीको भिडियो क्लिप सेयर गर्दै क्याप्सन लेखेको छ, ‘बाबर आजम सेतो बल क्रिकेटको कप्तान नियुक्त भएका छन् । पीसीबी चयन समितिको सर्वसम्मत सिफारिस पछि, अध्यक्ष मोहसिन नकवीले बाबर आजमलाई पाकिस्तान क्रिकेट टोलीको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीको कप्तान नियुक्त गरे ।’

स्मरण रहोस् बाबर आजमले कप्तानी छोडेपछि शान मसूदलाई टेस्ट कप्तान बनाएका थिए भने शाहिन अफ्रिदीलाई टी–२० अन्तर्राष्ट्रिय कप्तान बनाइएको थियो । तर तीन महिनाभित्र अफ्रिदीलाई कप्तानीबाट हटाइयो र अब बाबर आजमले टोलीको नेतृत्व गर्नेछन् ।

शाहिन अफ्रिदीलाई कप्तानबाट हटाउने निर्णयको बारेमा बताउनुपर्दा शाहीनलाई कप्तानबाट हटाउनुको कारण बलरभन्दा ब्याट्सम्यानको रुपमा कप्तान बढी सफल भएको बताईएको थियो । योसँगै बाबर आजमले पीसीबीलाई आफ्ना मागहरू सुनाएका छन् ।