• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङ्गको लमहीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङ्गको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गर्नुभएको हो । 

शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले “सबैका लागि बैंक” भन्ने मुल नारालाई चरितार्थ गर्दै बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताउनुभएको छ । उहाँले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

ढकालले यो क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको बताउनुभयो । बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र बर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८ शाखा सञ्जाल सहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।