• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

कोहली र गम्भीरको दुश्मनी सकियो ?



एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली र कोलकाता नाइट राइडर्सका प्रशिक्षक गौतम गम्भीरबीचको पछिल्लो सिजनको विवाद सकिएको देखिन्छ ।

एम चिन्नास्वामी स्टेडियममा आरसीबी र केकेआर बीचको खेलमा उनीहरूले एकअर्कासँग हात मिलाएका थिए । पहिलो इनिङ्सको रणनीतिक टाइमआउटमा गम्भीर र कोहलीले न्यानो अंगालो समेत मारे ।

आईपीएल २०२३ मा लखनउ विरुद्ध बैंगलोरको लिग चरणको खेलमा मैदानमै कोहली र गम्भीरबीच झडप भएको थियो । कोहली र गंभीरबीच क्रिकेट मैदानमा भिडन्त भएको २०२३ को घटना पहिलो पटक थिएन । २०१३ मा, जब गंभीर कोलकाताको कप्तान थिए र कोहली बैंगलोरको नेतृत्व गर्दै थिए, दुबैबीच चर्को बहस भयो ।

रणनीतिक टाइमआउटमा दुवैले हात मिलाए
टस हारेर पहिले ब्याटिङ गर्न आएको आरसीबीले १८२ रन जोडेको थियो । आरसीबीको इनिङ्समा गम्भीर र कोहलीले हात मिलाएर एकअर्कालाई अँगालो हालेका थिए । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फ्यानले धेरै रमाइलो कमेन्ट पनि गरेका छन् । योसँगै कोहलीले आफ्नो ५२औँ आईपीएल अर्धशतक पनि बनाए । उनी ८३ रन बनाएर अविजित रहे ।

केकेआरले आरसीबीलाई ७ विकेटले पराजित गर्यो । कोलकाताको यो लगातार दोस्रो जित हो भने बैंगलोरले दोस्रो खेलमा हार बेहोरेको छ ।कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर १८३ रनको लक्ष्य पुरा गरेको थियो ।