२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सब्स्टिच्युटमा मैदानमा उत्रेका मेसीको गोलमा बार्सिलोना विजयी



अ+ अ-

म्याड्रिड । आइतबार स्पेनी ला लिगामा बार्सिलोनाले रियल बेटिसलाई ३–२ ले हराएको छ । सब्स्टिच्युट खेलाडीका रूपमा लियोनल मेसीले मैदान प्रवेशको तेस्रो मिनेटमै गोल गरेपछि बार्सिलोनाले पछाडि रहेको स्थितिमा जित निकालेको हो ।

बेटिसले बोरजा इगलेसिसको गोलमा अग्रता लिएयता मेसीले बराबरी गोल फर्काए । त्यसपछि बेटिसका रुइजले आत्मघाती गरे । यस्तोमा मचाडो त्रिनचाओले निर्णायक गोल गरे ।

यो जितपछि बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग सात अंकले पछाडि रहेको स्थिति हो । आइतबारको अर्को प्रमुख खेलमा रियल सोसिडाडले काडिजलाई ४–१ ले हरायो ।