• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने



काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।

शुक्रबार मुख्यमन्त्री आवद्ध दल नेकपा (माओवादी केन्द्र)का सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत ल्याउन सके उनी मुख्यमन्त्रीमा कायम रहनेछन् ।

बागमती सरकारमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।