• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १० औं खेलमा शुक्रबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् ।

बेलुरुको एम चिन्नास्वामी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । यो खेलको टस ७:१५मा हुनेछ ।

बेंगलुरुले विगत आठ वर्षदेखि घरेलु मैदानमा कोलकाताविरुद्ध जित निकालेको छैन। पछिल्लो पटक २०१५ मा बेंगलुरुले कोलकातामाथि जित हासिल गरेको थियो । त्यसयता पाँच खेल भइसकेका छन् र सबैमा कोलकाता विजयी भएको छ।

जारी सिजनमा शुक्रबार बेंगलुरुको तेस्रो र कोलकाताको दोस्रो खेल खेल्दैछ । जसमा बेंगलुरुले एउटा जित र एक हार बेहोरेको थियो । उता कोलकाताले भने विजयी सुरुवात गरेको छ ।

हेड टु हेड

आईपीएलको इतिहासमा कोलकाता बेंगलुरुमाथि हावी रहेको देखिन्छ । आरसीबी र केकेआरबीच अहिलेसम्म ३२ खेल खेलिएका छन् । जसमा कोलकाताले १८ र आरसीबीले १४ खेल जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन् । जसमा कोलकाताले ७ र बेंगलुरुले ६ खेलमा जित हात पारेको छ ।

बेंगलुरुका स्टार ब्याट्सम्यान विराट कोहलीले पछिल्लो दुई खेलमा ९८ रन बनाएर टोलीको सर्वाधिक रन बनाउने खेलाडी हुन् । यस अवधिमा उनले अर्धशतक पनि बनाएका छन् । बलिङमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले पहिलो दुई खेलमा २ विकेट लिएका छन् ।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक रन बनाएका छन् । उनले एक खेलमा ६४ रन बनाएका छन् । हर्षित रानाको नाममा सबैभन्दा बढी विकेट छ । उनले एक खेलमा तीन विकेट लिएका छन् ।

पिच रिपोर्ट

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याटिङमैत्री छ । यहाँ ब्याट्सम्यानले धेरै रन बनाएका छन् । यो पिचमा स्पिनरहरूले केही सहयोग पाउँछन्।

यस रंगशालामा हालसम्म ८९ आईपीएल खेल भइसकेकोमा पहिले ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेको छ भने पछ्याउने टोलीले ४८ खेल जितेको छ ।

बेंगलुरुको मौसम अवस्था

शुक्रबार बेंगलुरुमा पानी पर्ने सम्भावना कम छ। आज यहाको तापक्रम ३५ देखि २२ डिग्री सेल्सियस रहनेछ। हावा १३ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर बेंगलुरुको प्लेईङ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, अल्जारी जोसेफ, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।

इम्पैक्ट प्लेयर्स: महिपाल लोमर

कोलकाता नाइट राइडर्सको प्लेईङ ११:

श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, फिल साल्ट, रिंकु सिंह, नितिश राणा, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना र वरुण चक्रवर्ती।

इम्पैक्ट प्लेयर्स: सुयश शर्मा