• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ ।

शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाहरु आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिला आर्थिक पहुँचलाई सशक्त बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक रुपले सबल र सम्पन्न बनाउन नसकेसम्म साँचो अर्थमा महिला सशक्तिकरण हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई आफूले सकारात्मक रुपमा लिएको बताउनु भयो । उहाँले महिला उद्यमीहरुलाई विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकिएको कुरा सुन्न आएको भन्दै त्यसलाई फेरि जोडिने भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक हिसावले सशक्त नभइ साँचो अर्थमा सशक्तिकरण हुन पनि सक्दैन । आजको संसारमा महिला सशक्तिकरणका लागि सबैभन्दा पहिलो आर्थिक पहुँचलाई सशक्त बनाउने कुरा नै हो । यही वास्तविकतालाई आत्मसाथ गरेर महिला उद्यमी महासंघले महिलालाई उद्यममार्पmत आत्मनिर्भर बनाउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको छ । सात वटै प्रदेशका ६१ वटा जिल्ला ओगटेको यो महासंघमा ५२ सय भन्दा बढी महिला उद्यमी हुनु आफैँमा खुशी र गर्वको कुरा पनि हो । महासंघको यो विशाल सञ्जाललाई सदुपयोग गर्दै उद्यममार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सरकार हातेमालो गर्न तयार छ । आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन । मैले राजनीतिक नेतृत्वमार्फत महिला सशक्तिकरणका लागि सबै क्षेत्रमा महिलाको आत्मसम्मान, पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्नको निम्ति निकै ठूलो संघर्षको नेतृत्व गर्ने अवसर मैले प्राप्त गरेको छु । र राजनीतिक रुपमा स्थानीय सरकारदेखि प्रदेश र केन्द्र सरकारसम्म पनि महिलाहरुको राम्रो उपस्थिति हुन गएको छ । तर जबसम्म आर्थिक रुपले सबल, आर्थिक रुपले सम्पन्न बनाउन सकिँदैन, साँचो अर्थमा महिला सशक्तिकरण पनि हुन सक्दैन । राजनीति एक्लैले महिलालाई सम्पूर्ण रुपले आर्थिक सबलीकरण गर्न पनि सक्दैन । महिला उद्यमशिलता विकासको माध्यमबाट नेपाली महिलाको सामाजिक तथा आर्थिक सशक्तिकरण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने परिकल्पनालाई सार्थक तुल्याउन महिला उद्यमी कोष स्थापना गर्नुपर्ने महासंघको मागलाई मैले सकारात्मक रुपमा लिएको छु । महासंघका अध्यक्ष शोभा ज्ञवालीजीले विगतमा दिइएको सुविधा पनि गत सालदेखि झिकियो भन्नेकुरा राख्नुभएको छ, मेरो ध्यानाकर्षण भएको छ, त्यसलाई फेरि जोडिनेछ भन्ने विश्वास म दिलाउन चाहन्छु । महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुटदेखि केके सुविधा उपलब्ध गराउन सकिन्छ, मैले सोच विचार गरेर पहल लिने विश्वास पनि दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री दाहालले महिला उद्यमीको नेतृत्वमा सञ्चालन भइरहेका उद्योगहरुलाई प्रवद्र्धन गर्न, कर छुट लगायतका सुविधा उपलब्ध गराउन पहल लिने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः प्रदिप राज वन्त