२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना



अ+ अ-

एजेन्सी । बुधबार मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादसँग नमज्जाको हार बेहोर्यो। राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका थिए ।

ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा उत्कृष्ट ब्याटिङ गरेपनि मुम्बई इन्डियन्सले लक्ष्यभन्दा ३२ रन कम बनाउदा हार्न पुग्यो । टोलीले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

उक्त खेलमा सबैभन्दा छिटो १०० रन, सबैभन्दा छिटो २०० रन, एक टोलीद्वारा उच्चतम स्कोर, एकै खेलमा धेरै रन, एकै खेलमा सबैभन्दा बढी छक्का प्रहार जस्ता कीर्तिमान बने ।

लगातार दोस्रो हार बेहोरेपछि मुम्बईका कप्तान हार्दिक पाण्ड्याले फेरि एकपटक ट्रोलको सामना गर्नु परेको छ । यो सिजन मुम्बईले पाण्ड्यालाई नयाँ कप्तान बनाएको छ । स्टेडियममा बसेका दर्शकले हार्दिकको अगाडि रोहित शर्माको नाममा नारा लगाएका थिए । यसअघि मुम्बईको पहिलो खेलमा पनि हार्दिकले यस्तो समस्याको सामना गर्नु परेको थियो ।

बुधबारको खेलमा पाण्ड्याले टी–२० मा विश्वका उत्कृष्ट बलर जसप्रित बुमराहलाई सुरुवातै बलिङ गराएका थिएनन् । उनले १० औं ओभरमा बलिङ गर्ने मौका पाएका थिए तर त्यतिन्जेल हैदरावादले इनिङ्सलाई आफ्नो नियन्त्रणमा लिएको थियो । हैदरावादले १०.२ ओभरमा १५० रन पूरा गरेको थियो ।

पाण्ड्याको यो रणनीतिका लागि हैदराबादले तयारी गरेको थियो । ‍हैदरावादको रणनीति ओपनिङ बलरलाई टार्गेट गर्ने थियो । बुमराहले चार ओभरमा ९ रनको इकोनोमी दिएर ३६ रन दिएका थिए  ।  क्वाना माफाकाले ४ ओभरमा ६६, कुट्जीले ५७ र हार्दिकले ४६ रन दिए ।

भारतीय पूर्व अलराउन्डर इरफान पठानले पाण्ड्याको कप्तानीमा प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘हार्दिक पाण्ड्याको कप्तानी निकै सामान्य रहेको छ, कम्तिमा यति भन्न सकिन्छ । जब हैदरावादका ब्याट्सम्यानले तहल्का मच्चाइरहेका थिए, बुमराहलाई बलिङबाट टाढा राख्नु मेरो बुझाइभन्दा बाहिर छ ।’

यस्तै, रोहित शर्माको फ्यानहरुले पनि हार्दिकको कप्तानीमा सवाल खडा गरेका छन् ।

२७८ रनको लक्ष्य पाएको मुम्बईले जवाफमा विस्फोटक सुरुवात गरेको थियो । रोहित र किशनको जोडीले २० बलमा ५६ रनको उत्कृष्ट साझेदारी गरे । तेस्रो ओभरमा टोलीले ५० रन बनाएको थियो । त्यसपछि पनि तिलक र नमनले ११ ओभरमा टोलीको स्कोर १५० रनमा पुर्याएका थिए । तर टोलीका फिनिशरले राम्रो नखेल्दा खेल जित्न सकेनन् ।

खेलपछि पाण्ड्यालाई मुम्बईविरुद्ध हैदरावादको २७७ रनको बारेमा सोध्दा उनले आफ्ना बलरले कुनै गल्ती नगरेको र खेलमा जे भयो त्यसमा आफू खुसी भएको बताए । यो साहसी जवाफ हुन सक्छ तर लगातार दुई पराजय पछि उनीहरुमाथि दबाब बढेको छ ।