• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ: अर्थमन्त्री पुन ★   महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित ★   बाल मन्दिर जग्गा प्रकरण: २० जनाविरुद्ध पक्राउ अनुमति ★   जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान ★   पूर्वन्यायाधीशको सिजापतिको निधन, सर्वोच्चका सबै सुनुवाइ स्थगित ★   फ्यानलाई सम्बोधन गर्दै पल लेख्छन्, ‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ ★   ओलीलाई अँगालो हालेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा खाइसक्यो: रास्वपा नेता गणेश कार्की ★   झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै ★   आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने ★   कांग्रेस संसदीय दलको बैठक स्थगित

राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गरे । सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुने तय भइसकेको छ । उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सातै प्रदेशबाट ८ सय ५ खेलाडीको सहभागिता रहने छ । ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा १ सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।