१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज पञ्जाब र बेंगलुरु भिड्दै, हार्ने टोली प्लेअफबाट बाहिरिने



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ५८औं खेलमा आज पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ । पञ्जाबको घरेलु मैदान धरमशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । यो सिजनमा आज पञ्जाब र बेंगलुरु बीच दोस्रो खेल खेल्दैछन्। पछिल्लो खेलमा बेंगलुरु ४ विकेटले विजयी भएको थियो ।

आज पञ्जाब र बेंगलुरु दुवै सिजनको १२ औं खेल खेल्दैछन्। दुवै टोलीले ११ खेलमध्ये ४ जित र ७ खेलमा हार बेहोरेका छन् । राम्रो रन रेटका कारण बेंगलुरु सातौं र पञ्जाब आठौं स्थानमा छ। आजको खेल जित्ने टोलीले प्लेअफको आशा कायम राख्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

हेड टु हेडमा पञ्जाब अगाडि

पञ्जाबले बेंगलुरुलाई हेड टु हेडमा हराएको छ तर पछिल्लो दुई खेलमा बेंगलुरुले जित निकालेको छ । पञ्जाबको आरसीबी विरुद्धको अन्तिम जित २०२२ मा भएको थियो, त्यसपछि दुई खेल खेले, जसमा दुवै खेल आरसीबीले जितेको थियो। पञ्जाब र बैंगलोरबीच अहिलेसम्म ३२ वटा आईपीएल खेल भएका छन् ।जसमा १७ खेल पञ्जाबले जितेको छ भने १२ खेलमा बेंगलुरु विजयी भयो।

पञ्जाबका शशांकले सर्वाधिक रन स्कोरर

पञ्जाबका लागि शशांक सिंह, जोनी बेयरस्टो र प्रभसिमरन सिंह राम्रो लयमा छन् । तीनै जनाले २५० भन्दा बढी रन बनाएका छन् । टोलीका लागि शशांक सिंहले सर्वाधिक ३१५ रन बनाएका छन् । बलिङमा हर्षल पटेल शीर्ष स्थानमा छन् । उनले ११ खेलमा १७ विकेट लिएका छन् ।

कोहली टोली र लिग दुवैमा सर्वाधिक रन स्कोरर

आरसीबीका ब्याट्सम्यानहरु उत्कृष्ट फर्ममा छन् । स्टार ब्याट्सम्यान विराट कोहली, कप्तान फाफ डु प्लेसिस र दिनेश कार्तिकले २५० भन्दा बढी रन बनाएका छन् । कोहलीको नाममा ५ सय ४२ रन छन् । अहिले कोहली टोली र लिग दुवैको सर्वाधिक रन स्कोरर हुन्। टीममा यश दयाल १० खेलमा १० विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

पञ्जाब किंग्सको सम्भावित प्लेइङ-११:

साम कुरान (कप्तान), जोनी बेयरस्टो, रिले रुसो, जितेश शर्मा, शशांक सिंह, आशुतोष शर्मा, हरप्रीत ब्रार, कागिसो रबाडा, हर्षल पटेल, राहुल चाहर र अर्शदीप सिंह।

इम्प्याक्ट प्लेयर: प्रभसिमरन सिंह।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेइङ-११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), स्वप्निल सिंह, मोहम्मद सिराज, कर्ण शर्मा, विजयकुमार वैशाख र यश दयाल।

इम्प्याक्ट प्लेयर: रजत पाटीदार।