• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल



एजेन्सी । यशराज प्रोडक्सनको आगामी  ‘स्पाइ युनिभर्स’ फिल्ममा आलिया भट्ट मुख्य भूमिकामा देखिने भएकी छिन् ।

यस फिल्ममा बबी देओल खलनायकको भूमिकामा रहने बताईएको छ । यो अनटाइटल्ड फिल्ममा आलिया र बबी बाहेक शर्वरी वाघ पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् ।

फिल्मसँग सम्बन्धित स्रोतका अनुसार ‘एनिमल’को सफलतापछि बबीलाई थप खलनायकको भूमिका अफर भइरहेको छ । यो फिल्ममा पनि उनी आलिया र शर्वरीसँग भिड्दैछन् । बबीले फिल्मसँग सम्बन्धित कागजी काम पूरा गरिसकेका छन् र यो वर्षको दोस्रो हाफमा यो फिल्मको छायांकन सुरु गर्ने भारतीय सञ्चारमाध्यमले लेखेको छ ।

यो फिल्ममा बबी विशेष लुक्समा देखिने छन् । उनी यसअघि कहिल्यै यस लुकमा देखिएका थिएनन् । फिल्म मार्फत आलिया र बबीले पनि पहिलो पटक फिल्ममा सँगै काम गर्दैछन् ।

गत वर्ष डिसेम्बरमा रिलिज भएको रणवीर कपूरको फिल्म ‘एनिमल’ मा बबी खलनायकको भूमिकामा देखिएका थिए । यस फिल्मका अलावा उनी साउथ सुपरस्टार सूर्याको आगामी फिल्म ‘कंगुवा’ मा पनि खलनायकको भूमिकामा छन् । ‘एनिमल’ हिट भएदेखि नै बबीलाई भिलेनको अफरले भरिएको छ ।

यो ‘स्पाइ युनिभर्स’लाई शिव रवैलले निर्देशन गर्नेछन् जसले यसअघि यशराजका लागि ‘द रेलवे म्यान’ निर्देशन गरिसकेका छन्। शिव रवैल आदित्य चोपडाका सहायक निर्देशक समेत रहेका छन् ।

यशराज प्रोडक्सनले सलमान खान स्टारर फिल्म ‘एक था टाइगर’ को सुरुवात गरेको थियो । यस्तै, ‘टाइगर जिन्दा है’, ‘वार’, ‘पठान’ र ‘टाइगर ३’ जस्ता फिल्महरू पनि बनाएको  छ ।