• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ ★   विद्यालय शिक्षा र उच्च शिक्षाबीचको खाडल अन्त्य गरिने ★   पाल्पाका आग्नीपीडित परिवारलाई राहत ★   एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा



काठमाडौं: सिजन मिडयाद्धारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेल पहिरिन ।

राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५जना प्रतियोगी लाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन विजेता पौडेललाई एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन ।

यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप जेनिसा बज्राचार्य हुनुभएको थियो । त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन भने मिस ट्यालेन्टको अवार्ड स्वस्तीका वज्रचार्यले जितिन ।

उक्त कार्यक्रममा निर्णायक मंडलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायीका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहनु भएको आयोजक सस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिनु भयो ।