१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा



अ+ अ-

काठमाडौं: सिजन मिडयाद्धारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेल पहिरिन ।

राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५जना प्रतियोगी लाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन विजेता पौडेललाई एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन ।

यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप जेनिसा बज्राचार्य हुनुभएको थियो । त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन भने मिस ट्यालेन्टको अवार्ड स्वस्तीका वज्रचार्यले जितिन ।

उक्त कार्यक्रममा निर्णायक मंडलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायीका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहनु भएको आयोजक सस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिनु भयो ।