१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

प्रधानमन्त्री, प्रचण्ड र चार पूर्ब प्रधानन्याधीसलाई मानहानीको पत्र बुझाउनै सकस

प्रधानमन्त्री, प्रचण्ड र चार पूर्ब प्रधानन्याधीसलाई मानहानीको पत्र बुझाउनै सकस
अ अ+ अ-

काठमाडौं । सर्बाेच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलासले माघ १५ गते अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुगानालाई आफैं अदालमा उपस्थित भएर लिखित जवाफ दिन आदेश दियो । यसैबिचमा पूर्बप्रधानमन्त्री पुष्पकमल दाहालले पनि अदालतको मानहानी गरेको भन्दै रिट दायर भयो र न्यायाधीश शर्माको ईजलासले माघ २१ गते  अवहेलना रिट माथिको लिखित जवाफ माग गर्ने आदेश जारी गर्यो ।

प्रतिनिधिशभा बिघटनसम्बन्धी अदालतमा बिचाराधीन भएको मुद्दामा ईजलासलाई प्रभाब पार्ने टिका टिप्पणी गरेको भन्दै रिट दायर र आदेश त भयो तर आदेश भएको म्याद तामेल गर्न नसक्दा सर्बोच्च प्रशासन यतिबेला हैरान भएको छ । 

मुलुककको कार्यकारी प्रमुख, अर्का प्रभाबशाली नेता, चार पूर्बप्रधानन्यायधीश र पूर्ब सभामुखलाई म्याद कसरी बुझाउने ? यो विषयमा सर्बाेच्चमा दैनिक मन्थन भएपनि कुनै निचोडमा पुग्न सकेको छैन । सुरुमा पटक पटक चार पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई फोन सम्पर्क गरी म्याद तामेल गर्ने कुरा गरेपनि उहाँहरुले इन्कार गर्दै आउनु भएको छ । 

आफुहरुले बुझाउनु पर्ने लिखित जबाफ तयार गरेर बसेका चार पूर्बप्रधानन्यायाधीशहरुले  प्रधानमन्त्री र प्रचण्डले म्याद बुझेपछि मात्र आफुहरुले बुझने भन्दै सर्बोच्च प्रशासनलाई जानकारी गराउनु भएको स्रोतले जनाएको छ । 

चार पूर्बप्रधानन्यायाधीशहरुले आफुहरुले अदालतमा लामो समयसम्म जिम्मेबारी निर्बाह गरेको उल्लेख गर्दै अदालतको मानहानी  गर्ने कुनै मनसाय नरहेको तर बिधि र पद्धतीको पक्षमा मात्र उभिएको भन्दै पत्र तयार पारेका हुन् । प्रधानमन्त्री र प्रचण्डकोे तर्फबाट उपस्थित भइ जबाफ दिने तय भएपछि अदालत जाने तयारीमा रहेका चार पूर्बप्रधानन्याधीशले आफुहरु अदालतको अभिभावकीय भूमिकामा समेत रहेका कारण एमिकस क्यूरी झैँ सल्लाह दिन पनि सक्ने बिगतको अनुभव पनि पत्रमा उल्लेख गरेका छन्   ।

सविधान, बिधि र पद्दतीमाथि निरन्तर प्रहार हुदा टुलुटुलु हेरर बस्न नदिने भन्दै उहाँलेहरुले न्यायालयले बिधि र पद्दतिको पक्षमा मात्र उभियोस भन्ने आफुहरुले सदासयता रहेको पनि जनाउनु भएको छ । स्रोतका अनुसार रिट निबेदकहरुको माग बमोजिम मानहानी सम्बन्धि मुद्दा प्रतिनिधिसभा बिघटन सम्बन्धमा भएका कारण एकै ठाउँमा राखेर संवैधानिक ईजलासमा लैजानुपर्नेमा एकल ईजलासमा राखिएकोमा पनि उहाँहरुले असन्तुष्टि जनाउनु भएको छ । 

सर्बोच्च स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीशहरु बिरुद्ध रिट दायर गर्ने कानून ब्यबसायीहरु रिट दायर गर्ने समयभन्दा केही अघिसम्म यस अघि न्यायाधीश  कानून ब्यवयसायी रहेको अबस्थामा एकै ल फर्ममा काम गर्ने गरेको दाबी गरेका छन् । केही कानून ब्यबसायीहरुले यो कुरा अनौपचारिक रुपमा कुरा उठाएपछि दुई महिना अघि नै ल फर्मबाट बाहिरिएको भन्दै जानकारी गराएका थिए । 

यसैबीच सरकारले संवैधानिक ईजलासमा रहेका न्यायाधीशहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाउने सुरक्षा सेबा दिएको छ । न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, सपना मल्ल प्रधान, अनिल कुमार शिन्हा र तेजबहादुर केसीलाईलाई सुरक्षा संवेदनशिलतलाई ध्यान दिँदै सुरक्षा ब्यबस्था बढाइएको सुरक्षा स्रोतले जनाएको छ ।