• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण



फाईल फोटो

काठमाण्डौं । धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

बिहान ७: १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण २ घण्टा २२ मिनेट आकाशमा उडेपछि बिहान ९:३४ भैरहवामा भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए । काठमाण्डौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज काठमाण्डौंको आकाशमा होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको थियो ।