• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित ★   सरकार छोड्नेबारे उपाध्यक्ष पाण्डेको टिप्पणी: ‘एउटा छानाबाट अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ’ ★   कालिजले बजार नपाउँदा व्यवसायी मारमा ★   खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन: मन्त्री श्रेष्ठ

कीर्तिमानी खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हरायो



काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा सनराइजर्स हैदराबादले पहिलो जित हासिल गरेको छ । टोलीले बुधबार जारी सिजनको आठौं खेलमा मुम्बई इन्डियन्स लाई ३१ रनले पराजित गरेको हो ।

बुधबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन मात्रै बनाउन सक्यो ।

हैदराबादले आईपीएल इतिहासमा सर्वाधिक रन बनायो । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बैंगलोरले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो । खेलको प्लेयर अफ द म्याच अभिषेक शर्मा भए ।

हैदराबादका लागि अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।

हार्दिक पाण्ड्या , जेराल्ड कोत्जे र पियुष चावलाले एक–एक विकेट लिए । मुम्बई इन्डियन्सका तर्फबाट तिलक वर्माले ३४ बलमा ६४ रन, टिम डेभिडले २२ बलमा ४४ र इशान किशनले १३ बलमा ३० रन बनाएका थिए । हैदराबादका प्याट कमिन्स र जयदेव उनाडकटले २–२ विकेट लिए ।

हेड र अग्रवालको जोडीले २५ बलमा ४५ रनको ओपनिङ साझेदारी गर्दै हैदराबादको ठूलो स्कोरको जग बसाएका थिए । ट्राभिस हेड र अभिषेक शर्माले २३ बलमा ६८ रनको साझेदारी गर्दै सय रन पार गरे । त्यसपछि हेनरिक क्लासेनसँगै अभिषेक शर्मा र एडेन मार्करामले २ सय ७८ रन बनाएका थिए ।

जवाफी इनिङ्समा रोहित–इशानले द्रुत सुरुवात गरेपछि मिडल अर्डरमा तिलक वर्मा र नमन धीरले ३७ बलमा ८४ रन बनाएर मुम्बईलाई रनको लक्ष्यमा राखेको थियो । तर टोलीले नियमित अन्तरालमा विकेट गुमायो र २४६ रन मात्रै बनाउन सक्यो ।

आजको खेलः राजस्थान रोयल्स भर्सेस दिल्ली क्यापिटल्स – बेलुका ७ः४५ बजे