२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन कायम रहे बैशाखमा निर्वाचनका लागि तयार –माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउनु भएको छ । अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताउनु भएको हो ।

शनिबार काठमाडाैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उहाँले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दावी समेत गर्नु भयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो,  ‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं ।

स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रिय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं । जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं । यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान । गठबन्धनको एकता तोडन खोजिरहेका होलान । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान । तर आज बिहान भएको बैठकमा पनि नेपाली काँग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिवद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसावको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु ।

र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन । अवश्य पनि नेपाली काँग्रेस भित्र र नेपालको राजनीतिमा देशीविदेशी शक्तिहरुको अनेक खालका दाउपेचहरु पनि छन । गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरु पनि छन । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान । त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफै लागेका छन । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिईरहेका छन । यो कुनै दाउपेचले चल्नेवाला छैन ।’

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राख्नु भयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गर्नु भयो । अध्यक्ष नेपालले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो,  ‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भईसकेको समयदेखि ६ महिना भित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ । अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिना भित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो ? भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ । त्यो समयलाई हेर्ने हो भने अव विवाद जतिसुकै भएता पनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला । या त्यसको पाँच दिन भनौ ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि ७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला । र त्यसको ६ महिना भित्र, त्यसको ६ महिना भित्र भनेको चैत्रसम्ममा, यो सवालको बारेमा यसबारेमा अनेकौ भ्रम बाहिर पैदा गर्न खोजिएको छ । यो भ्रमलाई चिर्नुपर्ने आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताउनु भयो ।