२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनबाट नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको छ: मन्त्री बस्नेत



file photo
अ+ अ-

काठमाडौँ । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गरिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले जलवायु परिवर्तनका मुद्दाहरूलाई नेपालले मुख्य रुपमा उठाइरहेको बताउनु भयो । उहाँले नेपालमा रहेका हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री बस्नेतले पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ । हाम्रा हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेका छन् । यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्युनिकरण गर्न र यसका चुनौतिहरूलाई अनुकुलन गर्ने हाम्रो प्रतिवद्धता कायम राखेका छाँै । पछिल्लो दशकमा नेपालमा बाघको संख्या झन्डै तीन गुणा बढेको छ र एकसिङ्गे गैँडाको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । यस सन्दर्भमा म विश्व समुदायलाई हामीले प्रदान गर्ने अमूल्य वातावरणीय सेवाको लागि नेपाललाई चिन्न र क्षतिपूर्ति दिन आह्वान गर्दछु । अर्बौं मानिसलाई पानीको प्रवन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय छ ।’

मन्त्री बस्नेतले विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको बताउनु भयो ।