• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार उक्त सुन एक लाख २६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २५ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १५ सय ५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।