२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा जन्माउनको लागि महिलाको उपयुक्त उमेर यस्तो रहेको छ, हेर्नुहोस्



अ+ अ-

एजेन्सी ।  स्वास्थ्य बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् ।

त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ । महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ ।

बच्चा जन्माउने क्रममा १९ वर्षभन्दा कम उमेरका गर्भवतीको मृत्यु हुने जोखिम २० देखि ३० वर्ष बिचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ। ढिलो बिहेले पुरुषको प्रजनन शक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ ।

यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ । बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइड जस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेर खाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।