४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली पुलबाट नदीमा हाम फालेका १७ युवामध्ये एक बेपत्ता



अ+ अ-

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर १७ युवामध्ये एक बेपत्ता भएका छन् ।

कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका ३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका छन् ।

घटनालगत्तै डुंगाबाट उनको खोजीकार्य गरिए पनि फेला नपरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदम विष्टले जानकारी दिनु भयो । सेनाको गोताखोर पठाइएको भए पनि राति परेकाले खोजी हुन नसकेको र मंगलबार बिहानैदेखि खोजी हुने उहाँले बताउनु भयो ।