• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागीे



काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गर्नुभएको छ । धामको अवलोकनपछि उहाँले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाउनुभयो ।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य ९बाल योगी० को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए ।

केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आउनुभएका आदित्य दाहाल हाल १४ वर्षको हुनुभयो । चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थाल्नुभएका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति दिएको बताउनुभयो । “आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्नसक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् ममनयोग्य पनि छन्” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिनुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा मोक्षधाम निर्माण समितिका संयोजक रामेश्वर थापाले हाल आदित्य स्तम्भको निर्माण भइरहेको जानकारी गराउँदै धाम क्षेत्रमा एक सय आठ धार्मिक (अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण) संरचना निर्माण हुने बताउनुभयो । उहाँका अनुसार ऋषिभूमि–यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने उद्देश्यका साथ आदित्य मोक्षधाम निर्माण सुरु गरिएको हो ।

मोक्षधामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रुपमा परिचित गरी एक धार्मिक गन्तव्य बनाइने परियोजना तयार गरिएको छ । रासस