• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

मुलुकमा हुकुमी शासनको झल्को आउन थाल्यो: अजयबाबु शिवाकोटी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मुलुकमा हुकुमी शासनको झल्को आउन थालेका आशंका गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि भईरहेको अनुसन्धान प्रधानमन्त्रीले नै दबाउन खोजेको आरोप लगाउदै उहाँले हुकुमी शासनको झल्को आउन थालेका आशंका गर्नुभएको हो ।

सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता शिवाकोटीले यस्तो आरोप लगाउनु भएको छ ।

सिबाकोटीले कम्युनिष्टहरुले भने झै नेपालमा कार्यकारी प्रम वा राष्ट्रपतीय शासन प्रणाली अँगालिएमा संभावित निरंकुशताको अहिले नै पूर्वानुमान गर्न सकिने समेत जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

१. प्रधानमन्त्री प्रचण्ड भन्छन्-CIB ले रवि माथिको अनुसन्धान हुने कुनै पनि आधार प्रमाण छैन भनेको छ।
२. गृहमन्त्री रवि लामिछाने भन्छन्- चिर्कटोको उजुरी मान्य हुँदैन।
३. एमाले अध्यक्ष केपी ओली भन्छन्- प्रमाण जुटाएर मात्र आरोप लगाउनु रवि माथि।

अब प्रश्न रह्यो-
——————
१. प्रधानमन्त्री प्रचण्डजीले नै त्यसो भन्दा CIB अनुसन्धान दबाउन, रोक्न बाध्य भएन र? अनुसन्धान अघि बढाउन CIB मा अब आँट गर्ने कसले? अनुसन्धानको निष्पक्षतामा अड्चन आएन र? अनुसन्धानको प्रभावकारिता माथि नै अप्रत्यक्ष हस्तक्षेप भएन र?

२. गृहमन्त्री रवि लामिछानेजीले नै उजुरीलाई चिर्कटो भनी नमान्ने भएपछि फौजदारी कार्यविधि संहिता २०७४ को दफा-४ मा भएको “… कसुर भएको, भईरहेको वा हुन लागेको कुरा थाहा पाउने व्यक्तिले मौखिक सूचना पनि दिनसक्ने… भन्ने व्यवस्था वा कसुर भएको सूचना/जानकारी प्रहरीले अन्य कुनै श्रोतबाट पनि प्राप्त गरेमा… भन्ने व्यवस्था” को औचित्य सकिएन र? सामान्य व्यक्तिको लागि त्यही चिर्कटो नै जाहेरी दरखास्त हुने तर गृह मन्त्रीको लागि मात्र चिर्कटो हुने त्यस्तो पनि द्विअर्थि व्याख्या गर्न मिल्छ र कानुनी शासनमा? गृह मन्त्रालय मातहतकै प्रहरी कार्यालयले आफ्नै गृहमन्त्री विरुद्ध कसरी अनुसन्धान गर्न सक्ला र? गृहमन्त्रिजीको उक्त अभिव्यक्तिले उनी विरुद्धको अनुसन्धानलाई नै गर्भ मै तुहाउने भएन र?

३. ओलीजी लगायतका अन्य नेताहरुले रविजी निर्दोष भएकाले उनी विरुद्ध अनुसन्धान बढाउन मिल्दैन भनेर बोल्दैमा अनुसन्धान रोकियो भने हुकुमी शासनको झल्को आएन र? झन् कम्युनिष्टहरुले भने झै नेपालमा कार्यकारी प्रम वा राष्ट्रपतीय शासन प्रणाली अँगालिएमा संभावित निरंकुशताको अहिले नै पूर्वानुमान गर्न गाह्रो पर्ला र?

४. समग्रमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र ओलीजी लगायतका अन्य नेताहरुले कसैलाई निर्दोष भने निर्दोष मानिने अनि कसैलाई दोषी भने त्यो दोषी हुने यस्तो अप्रत्यक्ष रूपमा विकसित हुन लागेको कथित भाष्यलाई उदांगो गर्नु सचेत तथा कानुनी शासनमा विश्वास राख्ने सबैको जिम्मेवारी होइन र?