११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मुलुकमा हुकुमी शासनको झल्को आउन थाल्यो: अजयबाबु शिवाकोटी

मुलुकमा हुकुमी शासनको झल्को आउन थाल्यो: अजयबाबु शिवाकोटी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मुलुकमा हुकुमी शासनको झल्को आउन थालेका आशंका गर्नुभएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि भईरहेको अनुसन्धान प्रधानमन्त्रीले नै दबाउन खोजेको आरोप लगाउदै उहाँले हुकुमी शासनको झल्को आउन थालेका आशंका गर्नुभएको हो ।

सामाजिक संञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता शिवाकोटीले यस्तो आरोप लगाउनु भएको छ ।

सिबाकोटीले कम्युनिष्टहरुले भने झै नेपालमा कार्यकारी प्रम वा राष्ट्रपतीय शासन प्रणाली अँगालिएमा संभावित निरंकुशताको अहिले नै पूर्वानुमान गर्न सकिने समेत जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

१. प्रधानमन्त्री प्रचण्ड भन्छन्-CIB ले रवि माथिको अनुसन्धान हुने कुनै पनि आधार प्रमाण छैन भनेको छ।
२. गृहमन्त्री रवि लामिछाने भन्छन्- चिर्कटोको उजुरी मान्य हुँदैन।
३. एमाले अध्यक्ष केपी ओली भन्छन्- प्रमाण जुटाएर मात्र आरोप लगाउनु रवि माथि।

अब प्रश्न रह्यो-
——————
१. प्रधानमन्त्री प्रचण्डजीले नै त्यसो भन्दा CIB अनुसन्धान दबाउन, रोक्न बाध्य भएन र? अनुसन्धान अघि बढाउन CIB मा अब आँट गर्ने कसले? अनुसन्धानको निष्पक्षतामा अड्चन आएन र? अनुसन्धानको प्रभावकारिता माथि नै अप्रत्यक्ष हस्तक्षेप भएन र?

२. गृहमन्त्री रवि लामिछानेजीले नै उजुरीलाई चिर्कटो भनी नमान्ने भएपछि फौजदारी कार्यविधि संहिता २०७४ को दफा-४ मा भएको “… कसुर भएको, भईरहेको वा हुन लागेको कुरा थाहा पाउने व्यक्तिले मौखिक सूचना पनि दिनसक्ने… भन्ने व्यवस्था वा कसुर भएको सूचना/जानकारी प्रहरीले अन्य कुनै श्रोतबाट पनि प्राप्त गरेमा… भन्ने व्यवस्था” को औचित्य सकिएन र? सामान्य व्यक्तिको लागि त्यही चिर्कटो नै जाहेरी दरखास्त हुने तर गृह मन्त्रीको लागि मात्र चिर्कटो हुने त्यस्तो पनि द्विअर्थि व्याख्या गर्न मिल्छ र कानुनी शासनमा? गृह मन्त्रालय मातहतकै प्रहरी कार्यालयले आफ्नै गृहमन्त्री विरुद्ध कसरी अनुसन्धान गर्न सक्ला र? गृहमन्त्रिजीको उक्त अभिव्यक्तिले उनी विरुद्धको अनुसन्धानलाई नै गर्भ मै तुहाउने भएन र?

३. ओलीजी लगायतका अन्य नेताहरुले रविजी निर्दोष भएकाले उनी विरुद्ध अनुसन्धान बढाउन मिल्दैन भनेर बोल्दैमा अनुसन्धान रोकियो भने हुकुमी शासनको झल्को आएन र? झन् कम्युनिष्टहरुले भने झै नेपालमा कार्यकारी प्रम वा राष्ट्रपतीय शासन प्रणाली अँगालिएमा संभावित निरंकुशताको अहिले नै पूर्वानुमान गर्न गाह्रो पर्ला र?

४. समग्रमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजी र ओलीजी लगायतका अन्य नेताहरुले कसैलाई निर्दोष भने निर्दोष मानिने अनि कसैलाई दोषी भने त्यो दोषी हुने यस्तो अप्रत्यक्ष रूपमा विकसित हुन लागेको कथित भाष्यलाई उदांगो गर्नु सचेत तथा कानुनी शासनमा विश्वास राख्ने सबैको जिम्मेवारी होइन र?