• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला दुई सय रूपैयाँले बढेर एक लाख २६ हजार सात सय रूपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १५ सय १५ रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।