११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा बागलुङका युवा

तीन सय वर्ष पुरानो ‘फागु गीत’ संरक्षणमा  बागलुङका युवा
अ अ+ अ-

गलकोट (बागलुङ) : मज्जाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो…

औँला काटी कलम बनावे । रगत के मसिया बनावे… यै हो ।।

हाय हाय रगत के मसिया बनावे सखियाँ ।

धड्कन लाग्यो छाती हो…

छाला काटी काजत बनावे । विरहको चिठ्ठी लेखी भेज्यो…यै हो

हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ

धड्कन लाग्यो छाती हो…

हरेक वर्ष फागुपूर्णिमाका अवसरमा बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गीत हो यो । पछिल्लो समय यहाँका युवा पुराना पुस्ताको नासो संरक्षणमा लागेका छन् ।

फागु गीत मादलको तालमा लयबद्ध बनाउँदै गाउँदै होलीको रङ्गसँग रमाउँदै गाइने गीतलाई जीवन्तता दिन बागलुङका नेवार समुदायका युवायुवती जुटेका हुन् । संरक्षित यही ऐतिहासिक फागु गीतले पछिल्लो पुस्ताका युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्दै आएको छ ।

मादल र झ्याली बजाउँदै पुराना पुस्ता फागु भट्टाउँछन् भने नयाँ पुस्ता ती भाका छोप्दै गाउँने कार्यले नारायणचोक प्रत्येक वर्ष रङ्गिने गरेको छ । यहाँका नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै होली मनाउन नेपाल भाष मंकाः खलःले अग्रसरता लिँदै आएको छ ।

नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु खेलिन्छ । पछिल्लो समय अन्य समुदायका व्यक्तिको उपस्थितिले पर्वलाई थप उत्सहपूर्ण र मर्यादित मनाउँदै लगेको मंकाः खलःका अध्यक्ष मुकेश राजभण्डारीले बताउनुभयो ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको होली उत्साहका साथ मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँको भनाइ छ । पाकादेखि युवा पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा बागलुङ बजारमा फागुको छुट्टै रौनकता देखिने राजभण्डारीले बताउनुभयो ।

सबै समुदायका व्यक्ति एकैठाउँमा जम्मा भएर, नाच्दै, गाउँदै, रङसँग रमाउँदै यो पर्व मनाउने गरिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो । यसरी सभ्य भएर रमाइलो गरिरहँदा संस्कृतिका साथै पुराना परम्परा र लोक भाकासमेत संरक्षण भइरहेको उहाँको भनाइ छ ।

परम्परालाई संस्थागत गर्ने उद्देश्यले ‘नेपाल भाषा मंकाः खलःको आयोजनामा बागलुङ बजारमा तीन सय वर्ष पुरानो फागु गीत बर्सैनि गाइँदै आएको राजभण्डारीले बताउनुभयो ।

“यो गीतलाई लिपिबद्ध गरेका छौँ । पहिला एउटा कपीमा लेखिएको अवस्थामा भेटिएको यो गीतलाई लिपिबद्ध गरेर प्रत्येक वर्ष गाउँदै आएका छौँ । पाका पुस्ताले मौखिकरुपमा गाउने गरे तापनि हराउने सम्भावना भएकाले लिपिबद्ध गरेर सुरक्षित गरिएको छ”, राजभण्डारीले भन्नुभयो, “होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको पछिल्लो समयमा मौलिक पहिचान दिने पुराना ‘फागु’ गीत नारयणकोचमा बर्सेनि घन्किँदै आएको छ ।”

आजको होलीलाई विशेष बनाउनका लागि खलःले पूर्वतयारी गरेको छ । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा पनि लिपिबद्ध गरिएको राजभण्डारीले जानकारी दिनुभयो ।

“फागु गीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौँ, फागुको राग लिन्छौँ, गाउँछौँ, भनेर भनिएको छ”, मंकाः खलःका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भन्नुभयो, “महिला र पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका मायापिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ ।” मनको भावनालाई वसन्त राग शैलीमा रङग््याउने गीत नै फागु गीत भएको उहाँको भनाइ छ ।

केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनकता हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको संस्थापक संयोजक छोटाले बताउनुभयो ।

होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुरानादेखि युवायुवती आश्चर्यमा पर्ने गरेका छन् । नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ ।

पछिल्लो समयमा फागु पर्वमा अन्य समुदायलाई समेत समावेश गरिँदै आइएको छ । मंकाः खलःले यहाँका नेवार समुदायका हरेक संस्कृतिको जगेर्नाका लागि नयाँ पुस्तान्तरणमा जोड दिँदै आएको छ ।

खेमराज गौतम/रासस