११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्तरहीन हर्कतले कुनै नेताको कुण्ठा शान्त होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठालाई शोभा दिँदैन

स्तरहीन हर्कतले कुनै नेताको कुण्ठा शान्त होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठालाई शोभा दिँदैन
अ अ+ अ-

प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु ।

तपाईंको पार्टीले म माथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ । म तिनको जवाफ सदनमा उभिएर दिन चाहन्थें । तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नुभो । प्रधानमन्त्रीको जवाफ पाएपछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ ।

सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु । अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्टप बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला??

तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुँदा तपाईंहरुले चरम दवाब दिँदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे “एक बहस तो बन्ता है” !!

प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएँ । सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौँ भनेर यो सब प्रपंच गर्नु भो ।

त्यसैको आडमा सारा हर्कत गर्दै हुनुहुन्छ । This is not CONFLICT OF INTEREST. This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ । यस्तो स्तरहीन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला??

आफू माथि निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं ? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु ।

तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं । त्यो बहस काठमाडौ-४ मा भए राम्रो । म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनु होला । यो बहस LIVE गरौं ताकी सिङ्गो देशले हेरोस् । सारा देशका अगाडि तपाइँहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला । तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथि न्याय गर्नै पर्छ । जवाफ दिनै पर्छ ।

मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ, कतै, केही लेख्न बोल्न पर्दैन । दायाँ बायाँ केही कुरा नगर्नु होला । बस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले, कहाँ तपाईका आरोपहरुको जवाफ दिन आउँ ?

हैन भने, छोड्दिनुस् यो बाल हठ । मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिन पनि आवश्यक छैन । सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस् । हामी माथि रचनात्मक दवाब बढाउनुस् । भर्खर जन्मेको दल भएपनि एक वर्षमा सायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं । त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस् । यस्तो स्तरहीन हर्कतले कुनै नेताको कुण्ठा शान्त होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठालाई शोभा दिँदैन ।

सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु । संघर्ष समितिसँग त आफ्ना कुरा राखिसकेको छु । प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउँछन् ।

जय नेपाल (पार्टी वाला होइन, देश वाला)

गृहमन्त्री रवि लामिछानेको फेसबुकबाट