११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

घर भाडा नबुझाएपछि चैत्र २१ गते भित्र घर खाली गर्न वडा कार्यलयको निदान अस्पताललाई पत्र

घर भाडा नबुझाएपछि चैत्र २१ गते भित्र घर खाली गर्न वडा कार्यलयको निदान अस्पताललाई पत्र
अ अ+ अ-

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पताललाई १५ दिन भित्र हरहिसाब फर फारक गरी घर खाली गर्न ललितपुर महानगरपालीका बडा नं ३ ले सुचना जारी गरेको छ ।

यस अघि पनि ३५ दिनभित्र घर खाली गर्न सुचना जारी गरेपनि अस्पताल संञ्चालक सम्पर्कमा नआएपछि वडा कार्यालयले पुन १५ दिने सुचना जारी गरेको हो । सम्झौताअनुसार घरधनीलाई घरभाडा नबुझाएपछि घरधनी मीना श्रेष्ठले घर खाली पटक पटक ताकेता गर्दे आउनु भएको थियो ।  वडाको सुचना अनुसार चैत्र २१ गते भित्र घर खाली गर्न सुचित गरिएको छ ।

वडा कार्यालयले निदान अस्पतालमा टासिएको सुचनामा भनिएको छ –श्री निदान अस्पताल प्रा।लि। को नाममा १५ दिने सूचना उपरोक्त सम्बन्धमा निदान हस्पिटल प्रा।लि। तथा मेरो पिता इन्द्रमान जोशी विच मिति २०७४।०८।०१ देखी लागु हुने गरी निज इन्द्रमान जोशीको हक भोग र स्वामित्वको ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोक स्थित किन ६२,६३ र ६४ को जम्मा क्षेत्रफल २-११-२-० जग्गामा उनेको घरको सम्पूर्ण जग्गा भाडामा लिने गरी घर बहाल सम्झौता भएको र उक्त जग्गामा मेरो पिता इन्द्रमान जोशीले निजको शेषपछिको बकस पत्र गरी मलाई दिनुभएकोमा निजको शेष पश्चात मिति २०७२।०९।१९ मा मिना श्रेष्ठको नाममा नामसारी भई आएको थियो । मेरो नाममा उक्त जग्गा आइसकेछी उक्त हस्पिटलले म संग सम्झौता गरेको पनि छैन । उक्त हस्पिटलको नाममा मिति २०६०।०८।१२ गतेको अभियान पत्रिकामा ३५ दिने सूचना जारी गर्दा समेत सम्पर्क गर्न नआएको भनि मिति २०८००१२२०५ मा निवेदन दर्ता हुन आएकोले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०४ को उपदफा ९२० बमोजिम उपस्थित हुनु हुन १५ दिने सूचना जारी गरेका छौ । उक्त समयभित्र हरहिसाबफरफारक गरी घर खाली नगरेमा यसै दफाको उपदफा (४) बमोजिमको काम कारवाही भई जाने व्यहोरा जानकारी गराउदछौ ।

घरधनी मीना श्रेष्ठका अनुसार निदान अस्पतालले २०७९ फागुनदेखि निदान अस्पतालल घरभाडा बुझाएको छैन । दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिन निदानले मीनाका पिता इन्द्रमान जोशीसँग २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो ।

जोशीको निधन भएपछि उक्त सम्पत्ति छोरी मीनाको नाममा नामसारी भएको छ । मीनाका अनुसार अस्पतालले पटक पटक सम्झौता उल्लघंन गर्दै घरभाडा बुझाएको छैन । श्रेष्ठले भन्नुभयो पटक पटक ताकेता गर्दा पनि सुनुवाई भएन , प्रहरीको उजुरी गर्दा पनि उजुरी लिन मान्दैन । अस्पताल संञ्चालकहरु सम्पर्कमा आउन चाहादैन् ।

पत्र अस्पतालामा बुझाउन जाँदा बुझ्न अस्वीकार गरेपछि हुलाकमार्फत पठाउँदा समेत अटेरी गरिएको मीनाले आरोप लगाउनुभएको छ । उहाँले इमेलमार्फत दिइएको ३५ दिने सूचना यही मंसिर २४ गते सकिएको छ । तरपनि अस्पताल संञ्चालकहरु सम्पर्कमा आएका छैनन ।

अस्पतालमा कार्यरत वरिष्ठ डा आइएल आचार्यको २०७८ जेठ २ गते निमोनियाले निधन भएपछि अस्पतालको व्यापार र विश्वास ओरालो लाग्न थालेको बतान्छ । तर अस्पतालको वेब साइटमा अझै पनि डा आचार्यको नाम उल्लेख छ । उक्त अस्पतालमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पारिवारिक लगानी रहेको बताइन्छ ।