१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घर भाडा नबुझाएपछि चैत्र २१ गते भित्र घर खाली गर्न वडा कार्यलयको निदान अस्पताललाई पत्र



अ+ अ-

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पताललाई १५ दिन भित्र हरहिसाब फर फारक गरी घर खाली गर्न ललितपुर महानगरपालीका बडा नं ३ ले सुचना जारी गरेको छ ।

यस अघि पनि ३५ दिनभित्र घर खाली गर्न सुचना जारी गरेपनि अस्पताल संञ्चालक सम्पर्कमा नआएपछि वडा कार्यालयले पुन १५ दिने सुचना जारी गरेको हो । सम्झौताअनुसार घरधनीलाई घरभाडा नबुझाएपछि घरधनी मीना श्रेष्ठले घर खाली पटक पटक ताकेता गर्दे आउनु भएको थियो ।  वडाको सुचना अनुसार चैत्र २१ गते भित्र घर खाली गर्न सुचित गरिएको छ ।

वडा कार्यालयले निदान अस्पतालमा टासिएको सुचनामा भनिएको छ –श्री निदान अस्पताल प्रा।लि। को नाममा १५ दिने सूचना उपरोक्त सम्बन्धमा निदान हस्पिटल प्रा।लि। तथा मेरो पिता इन्द्रमान जोशी विच मिति २०७४।०८।०१ देखी लागु हुने गरी निज इन्द्रमान जोशीको हक भोग र स्वामित्वको ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोक स्थित किन ६२,६३ र ६४ को जम्मा क्षेत्रफल २-११-२-० जग्गामा उनेको घरको सम्पूर्ण जग्गा भाडामा लिने गरी घर बहाल सम्झौता भएको र उक्त जग्गामा मेरो पिता इन्द्रमान जोशीले निजको शेषपछिको बकस पत्र गरी मलाई दिनुभएकोमा निजको शेष पश्चात मिति २०७२।०९।१९ मा मिना श्रेष्ठको नाममा नामसारी भई आएको थियो । मेरो नाममा उक्त जग्गा आइसकेछी उक्त हस्पिटलले म संग सम्झौता गरेको पनि छैन । उक्त हस्पिटलको नाममा मिति २०६०।०८।१२ गतेको अभियान पत्रिकामा ३५ दिने सूचना जारी गर्दा समेत सम्पर्क गर्न नआएको भनि मिति २०८००१२२०५ मा निवेदन दर्ता हुन आएकोले मुलुकी देवानी संहिता, २०७४ को दफा ४०४ को उपदफा ९२० बमोजिम उपस्थित हुनु हुन १५ दिने सूचना जारी गरेका छौ । उक्त समयभित्र हरहिसाबफरफारक गरी घर खाली नगरेमा यसै दफाको उपदफा (४) बमोजिमको काम कारवाही भई जाने व्यहोरा जानकारी गराउदछौ ।

घरधनी मीना श्रेष्ठका अनुसार निदान अस्पतालले २०७९ फागुनदेखि निदान अस्पतालल घरभाडा बुझाएको छैन । दुई रोपनी ११ आनामा बनेको घर र खाली जग्गा भाडामा लिन निदानले मीनाका पिता इन्द्रमान जोशीसँग २०७४ मंसिर १ गते घरबहाल सम्झौता गरेको थियो ।

जोशीको निधन भएपछि उक्त सम्पत्ति छोरी मीनाको नाममा नामसारी भएको छ । मीनाका अनुसार अस्पतालले पटक पटक सम्झौता उल्लघंन गर्दै घरभाडा बुझाएको छैन । श्रेष्ठले भन्नुभयो पटक पटक ताकेता गर्दा पनि सुनुवाई भएन , प्रहरीको उजुरी गर्दा पनि उजुरी लिन मान्दैन । अस्पताल संञ्चालकहरु सम्पर्कमा आउन चाहादैन् ।

पत्र अस्पतालामा बुझाउन जाँदा बुझ्न अस्वीकार गरेपछि हुलाकमार्फत पठाउँदा समेत अटेरी गरिएको मीनाले आरोप लगाउनुभएको छ । उहाँले इमेलमार्फत दिइएको ३५ दिने सूचना यही मंसिर २४ गते सकिएको छ । तरपनि अस्पताल संञ्चालकहरु सम्पर्कमा आएका छैनन ।

अस्पतालमा कार्यरत वरिष्ठ डा आइएल आचार्यको २०७८ जेठ २ गते निमोनियाले निधन भएपछि अस्पतालको व्यापार र विश्वास ओरालो लाग्न थालेको बतान्छ । तर अस्पतालको वेब साइटमा अझै पनि डा आचार्यको नाम उल्लेख छ । उक्त अस्पतालमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको पारिवारिक लगानी रहेको बताइन्छ ।