• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

जीवी राई आकाश वा पाताल जता भए पनि समात्छौँः गृहमन्त्री रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं  गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारीका अध्यक्ष जीवी राई आकाश वा पाताल जता भए पनि समातिने बताउनुभएको छ ।

काठमाडौंको कालिमाटीमा पार्टीले आयोजना गरेको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष कार्यक्रममा उहाँले भन्नुभयो, आकाशमा होस्, पातलमा होस्, जीवी राईलाई समातिन्छ । पीडितको बचत ब्याजसहित फिर्ता गराउँछौं । पीडितको बहानामा व्यक्तिको चरित्र हत्या र राजनीति गर्नेसँग मेरो संवाद हुन्न । तर, वास्तविक पीडितको पक्षमा काम गर्छौ ।

कांग्रेसले आफ्नो राजीनामा मागेको सन्दर्भमा उहाँले भन्नुभयो, सदनमा जवाफ दिन नपाए खुला ठाउँमा दिन तयार छु । जवाफ काठमाडौं क्षेत्र नम्बर ४ मा दिन पाए झनै राम्रो । जवाफ दिन म कहाँ आउँ ? उहाँले प्रश्न गर्नुभयो, यो बहस अदालतमा चलेको मुद्दामा प्रतिवादी नभएको व्यक्ति कसरी दोषी हुन्छ? लामिछानेले भन्नुभयो, ‘यस बिषयमा प्रधानमन्त्री जवाफ दिइसक्नु भयो। म आफैं संसदमै जवाफ दिन तयार छु ।’

उहाँले आफूहरु प्रश्न रहित नभएको स्पष्ट पार्दे आफूहरू कुनै दलको पछि नलागेको तर सँगै हिँड्ने कोसिस थालेको बताउनु भयो । सँगै हिँड्न नसकेका दिन सहयात्रा टुंगिन्छ, उहाँले भन्नुभयो, ‘विधि स्थापित गर्न सरकारमा गएका हौं। नेताहरु बिग्रेलान भनेर सरकारमा नजान आग्रह गरिएको थियो । तर, हामी बिग्रन्नौं । बिग्रने र काम नगर्ने छुट हामीलाई छैन । जिम्मेवारी पाएपछि सक्दैनौं भन्ने पिठ्यूँ फर्काएर भाग्दैनौं । सरकारमा बसेर अनैतिक काम गर्दैनौं।’

उहाँले भन्नुभयो, ‘कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरु फुत्किन खोज्छन् । तर, तिनलाई होसियारीपूर्वक समाइन्छ।’ कृष्णबहादुर महरालाई स्वास्थ अवस्थाका कारण हाजिरी जमानतमा छोडिनुलाई शंका गर्न नहुने भन्दै उहाँले उहाँमाथि अनुसन्धान जारी रहने बताउनु भयो ।

प्रधानमन्त्रीले अहिलेको जस्तै आँट कायमै राख्नुभयो भने धेरै काम हुने दाबी गर्दे उहाँले प्रधानमन्त्रीको कार्यकाल भागबण्डा नगरिएको स्पष्ट पार्नुभयो ।

कम्तिमा २०८४ सम्म योगदानको हिसाब नमागौं । पार्टीले सबैलाई न्याय दिन्छ । आजको दिन नै अन्तिम हो, अहिले थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम २ को उप-निर्वाचन जित्ने दाबी गर्नुभयो ।