११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पुर्व श्री ५ ज्ञानेन्द्र राहदानी नविकरण गर्न राहदानी विभागमा पुग्दा……

पुर्व श्री ५ ज्ञानेन्द्र राहदानी नविकरण गर्न राहदानी विभागमा पुग्दा……
अ अ+ अ-

काठमाण्डौ । कुनैबेला आफ्ना भतिजा भतिजी (दाजु श्री ५ वीरेन्द्रका छोराछोरी) दिपेन्द्र र श्रुतीले प्राथमिक शिक्षा लिएको कान्ति इश्वरी शिशु निकेतन रहेको ठाउँ त्रिपुरेश्वरमा भव्य भवन बनेर सरकारको राहदानी विभाग बनेपछि पुर्व श्री ५ ज्ञानेन्द्र पत्नि कोमलका साथ पहिलोपटक सोमबार त्यहाँ पुग्नुभयो ।

आफ्नो र पत्नि कोमलको कुटनैतिक राहदानी (रातो पासपोर्ट) को म्याद सकिनै लाग्दा उहाँहरु राहदानी नविकरण गर्न आम सर्वसाधारण जनता झैं राहदानी विभागमा पुग्नुभएको थियो ।
आफ्ना नाती नातिनी विदेशका विश्वविद्यालयमा पढ्ने गरेकोले उनीहरुलाई समय समयमा भेट्न जानुपर्ने,आफ्नो र पत्नि कोमलको स्वास्थ्य जाँचको लागि र धार्मिक भ्रमणहरुमा पनि विदेश गईराख्नुपर्ने भएकोले पनि कुटनैतिक राहदानी नविकरण गर्न आफैं जानुभएको थियो ।

नयाँ राहदानी बनाउन र नविकरण गरि वैदेशिक रोजगारमा जान युवाहरुको एकाविहानैदेखि सो विभागमा लामो लाइनबारेको समाचार र तस्वीरहरु सामाजिक सञ्जालमा देख्दै आउनुभएका पुर्व श्री ५ ज्ञानेन्द्र विभागमा सेवाग्राही सर्वसाधारणको अवस्था बुझ्न पनि त्यहाँ पुग्नुभएको बताइन्छ ।

कुटनैतिक राहदानी प्रयोग गर्ने राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरुको नयाँ राहदानी बनाउन होस् या नविकरण गर्न उनीहरुको सचिवालयका अधिकारीहरु जाने भएतापनि आफ्नो र पत्निको राहदानी नविकरण गर्न पत्नि कोमलका साथ पुर्व श्री ५ ज्ञानेन्द्र आफैं राहदानी विभाग पुग्नुभएको हो ।

राहदानी नविकरण गर्न पुर्व श्री ५ दम्पति आउने कुराको पुर्व जानकारी पाएतापनि विभागका कर्मचारीहरुले भने शुरुमा त्यो कुरा पत्याएका थिएनन् । तर उहाँहरुलाई एक्कासी विभागमा देखेपछि सबै कर्मचारीहरु अवाक् झैं देखिए ।

राहदानी नविकरण गरिसकेपछि विभागमा कार्यरत अघिकाँश कर्मचारीहरु पुर्व श्री ५ ज्ञानेन्द्र र पुर्व वडामहारानी कोमलसंग सामुहिक र छुट्टाछुट्टै तस्वीर र सेल्फी खिचेका थिए । सेवाग्राही जनताले पनि उहाँहरुसंग तस्वीर खिचाएका थिए ।

कान्ति ईश्वरी शिशु निकेतन (प्राथमिक विद्यालय) भत्काएर भवन विभागले नयाँ भव्य भवन बनाएर त्यहाँ राहदानी विभाग बनाएपछि विभागले त्यहाँबाट कुटनैतिक राहदानीको साथै काठमाण्डौ उपत्यका बाहिरका बासिन्दाको नयाँ राहदानी बनाउने र पुरानो राहदानी नविकरणको सेवा दिँदै आएको छ ।