• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

थाइल्यान्ड – म्यान्मार सीमामा बन्धक बनाइएका १३ नेपालीको उद्धार



द्वन्द्वग्रस्त मुलुक म्यान्मार (फाइल फोटो)

काठमाडौं । थाइल्याण्ड र म्यान्मारको सीमा नजिक म्यान्मारको म्याबड्डीमा मानव तस्करले बन्धक बनाएका १३ जना नेपालीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

लामो समयदेखि बन्धकको रुपमा रहेर अलपत्र परेका उनीहरुलाई थाई परराष्ट् मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र यांगुनस्थित नेपाली राजदूतावास समेतको समन्वयमा उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्धार गरिएका १३ नेपाली नागरिकलाई आज शुक्रबार थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाइ थाई–म्यानमार सीमा पार गराइएको थियो ।

उनीहरुलाई आजै नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं ल्याइएको छ । मानव तस्करले उनीहरुलाई थाईल्यान्ड र म्यान्मारको सीमावर्ती क्षेत्रमा बन्धकको रुपमा राखेर अनलाइन जुवातासमा संलग्न गराउने तथा अन्य साईबर सम्बन्धित आपराधिक कार्यमा प्रयोग गरेको यसअघि समाचार सार्वजनिक भएको थियो । उनीहरुले आफूहरु ठूलो संकटमा परेको भन्दै उद्धारका लागि आग्रह गरिआएका थिए ।