२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२४ बाट १३ खेलाडी बाहिरिए



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औं सिजन सुरु हुन केही घण्टा मात्र बाँकी छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स खेल्दैछन् ।

सिजन सुरु हुनुअघि १३ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । आउट भएका खेलाडीको सूचीमा भारतीय र विदेशी दुवै खेलाडी रहेका छन् । खेलाडी बाहिरिएपछि लखनऊ सुपर जाइन्ट्सदेखि मुम्बई इन्डियन्ससम्मका धेरै टोलीको समस्यामा परेका छन् ।

चेन्नई सुपर किंग्सबाट दुई खेलाडी बाहिरिए

आईपीएल २०२४ अघि चेन्नई सुपर किंग्सबाट दुई खेलाडि बाहिरिएका छन् । टोलीका ओपनिङ ब्याट्सम्यान डेभोन कोनवे औंलाको चोटका कारण मैदान बाहिर छन् । चेन्नईका मुख्य ओपनर कोनवे करिब ८ हप्ता क्रिकेटबाट टाढा रहनेछन् । उनको स्थानमा रचिन रविन्द्रलाई ओपनिङ गर्ने मौका दिन सकिन्छ ।

उनीबाहेक श्रीलंकाका तेज गेंदबाज मथिशा पाथिराना पनि चोटका कारण बाहिर छन् । पाथिराना ह्यामस्ट्रिङमा चोट लागेको थियो । यद्यपी दुबैको रिप्लेसमेन्ट भने भएको छैन ।

लखनउबाट वुड निस्किए

लखनउ सुपर जायन्ट्सका फास्ट बलर मार्क वुडले आईपीएल २०२४ बाट आफ्नो नाम फिर्ता लिएका छन् । कामको बोझ व्यवस्थापनका कारण इङ्लिस पेसर वुड ले आफ्नो नाम फिर्ता लिएका हुन् । वुडको स्थानमा लखनउले वेस्ट इन्डिजका शमर जोसेफलाई टोलीमा समावेश गरेको छ ।

गुजरातका तीन खेलाडीले नाम फिर्ता लिए

आईपीएल २०२४ अघि गुजरात टाइटन्सलाई तेस्रो झट्का लागेको छ । टोलीका स्टार तेज बलर मोहम्मद शामी खुट्टाको चोटका कारण सिजन पूरै मैदान बाहिरिने भएका छन् । शमीको स्थानमा सन्दीपलाई टोलीमा समावेश गरिएको छ ।

यसबाहेक टोलीका विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले प्रतियोगिताको पहिलो वा दोस्रो खेल गुमाउनेछन् । यस्तै, टोलीका रोबिन मिन्ज मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । गुजरातले रोबिनको स्थानमा बीआर शरथलाई टोलीमा समावेश गरेको छ । मोटरसाइकल दुर्घटनामा परी रविन घाइते भएका छन् ।

कोलकाताबाट दुई खेलाडी बाहिरिए

प्रतियोगिताअघि कोलकाता नाइट राइडर्सलाई इंग्ल्याण्डका दुई खेलाडीले स्तब्ध बनाएको छ । इंग्लिस खेलाडी जेसन रोय र गुस एटकिन्सनले प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् । रोयले कामको बोझ व्यवस्थापनको कारण आईपीएलबाट बाहिरिने निर्णय गरेका छन् । केकेआरले जेसन रोयको स्थानमा फिल साल्ट र गुस एट्किन्सनको स्थानमा श्रीलंकाका दुष्मन्था चमेरालाई समावेश गरेको छ ।

राजस्थानबाट दुई खेलाडी आउट भए

सन्जु सैमसनको कप्तानीमा रहेको राजस्थान रोयल्सलाई पनि आईपीएल २०२४ मा दुई ठूला धक्का लागेको छ। टोलीका स्टार फास्ट बलर प्रसिद्ध कृष्ण चोटका कारण मैदान बाहिर छन् । कृष्णले चोटका कारण गत सिजन पनि गुमाएका थिए । यसबाहेक एडम जाम्पा पनि आउट भएका छन् । टोलीले जाम्पाको स्थानमा तनुष कोटियानलाई समावेश गरेको छ ।

दिल्लीका ह्यारी ब्रुकले नाम फिर्ता लिए

इंग्ल्याण्डका स्टार ब्याट्सम्यान ह्यारी ब्रुकले दिल्ली क्यापिटल्सबाट नाम फिर्ता लिएका छन् । ब्रुकलाई आईपीएल २०२४ को लागि दिल्लीले ४ करोडमा किनेको थियो तर व्यक्तिगत कारणले उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

मुम्बईलाई तीन वटा झट्का लाग्यो

आईपीएल २०२४ अघि मुम्बई इन्डियन्सलाई ठूलो झट्का लागेको छ । मुम्बईका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवको चोटका कारण टोलीको तनाव बढेको छ । जनवरीमा सूर्यको हर्नियाको शल्यक्रिया गरिएको थियो । तर, सूर्य पूर्ण रुपमा बाहिरिएका छैनन् । यस बाहेक फास्ट बलर जेसन बेहरेनडोर्फ र दिलशान मदुशंकाले भने टीम बाट बाहिरिएका छन् ।