११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय
अ अ+ अ-

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ ।

शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमार्फत उक्त जग्गा सरकारीकरण गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै भूमि सुधार तथा मालपोत कार्यालय, डिल्ली बजारले बाँसबारी छाला जुत्ता कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा लिने निर्णय गरेको प्रमुख मालपोत अधिकृत छविलाल नेपालीले बताउनु भयो ।

मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएको उहाँको भनाई छ । उहाँले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपानी जग्गालाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को सहयोगमा थप अनुसन्धान गरेर सरकारको नाममा ल्याएको बताउनु भयो । उहाँले भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयले थप अनुसन्धान गरी सरकारको नाममा ल्याउने प्रक्रियालाई शुक्रवार अन्तिम टुङ्गो लगाएर मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार मालपोत कार्यालयबाट बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा सरकारीकरण गर्ने निर्णय गरेका छौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपानी जग्गालाई केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा थप अनुसन्धान गरेर सरकारको नाममा ल्याएका छांै । भूमिसुधार मन्त्रालय र मालपोत कार्यालयले थप अनुसन्धान गरी सरकारको नाममा ल्याउने प्रक्रियामा थियो । आज अन्तिम टुङ्गो लगाएका छौं । निर्णय प्रक्रियाबाट मालपोत ऐनको दफा, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएका छौं ।’

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कब्जा तथा हडपेका सरकारी जग्गालाई सरकारीकरण गर्ने अभियानमा सरकारले काम शुरु गरेको बताउनु भयो । उहाँले राज्यको सम्पती विभिन्न नाम र कोणबाट विभिन्न तरिका अपनाएर व्यक्ति वा कम्पनीको नाममा लगेर व्यक्तिगत अनकुलतामा ढाल्ने प्रशस्त कार्यहरु भएको देखिएको बताउनु भयो । उहाँले सरकारले प्रमाण भेटिएका र राज्यको जग्गा हडपेका जग्गाहरुलाई सरकारीकरण गर्ने अभियानलाई सार्थक बनाउन भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजार कार्यालयले बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपानी जग्गा सरकारीकरण गरिएको बताउनु भयो । उहाँले च्यापेन फुटवेयर कम्पनीको नाममा गएको जग्गा नामसारी वा सरकारले निर्णय गरेको कुनै प्रमाण नभेटिएको र अन्य प्रक्रियाहरु पनि भरपर्दो नभएकाले मालपोत ऐन, २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ राज्यको सम्पती विभिन्न नाम र कोणबाट विभिन्न तरिका अपनाएर व्यक्ति वा कम्पनीको नाममा लगेर व्यक्तिगत अनकुलतामा ढाल्ने प्रशस्त कार्यहरु देखिएका छन् । सरकारले प्रमाण भेटिएका र राज्यको जग्गा हडपेका जग्गाहरुलाई सरकारीकरण गर्ने अभियानको रुपमा लेगेका छौं । पहिलो अभियान स्वरुप ूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजार कार्यालयले बाँसबारी छाला जुत्ता कारखानाको नाममा रहेको १० रोपानी जग्गा २०४४ सालमा च्यानपेन फुटवयेरको कम्पनीको नाममा ६ रोपना जग्गा लागेको देखिन्छ । पछि २०४४ आठ महिना १८मा ४ रोपनी जग्गा प्रालीको नाममा लगिएको देखिएको छ । कम्पनीको नाममा गएको जग्गाको कुनै प्रमाण भेटिएको छैन । सरकारले कुनै निर्णय गरेको भेटिएन । अन्य प्रक्रियाहरु पनि भरपर्दो भेठिएन । त्यसैले शुक्रवार उक्त १० रोपनी जग्गा निर्णय प्रक्रियाबाट मालपोत ऐनको दफा २०३४ को दफा २४ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको नाममा ल्याएका छौं ।’

मन्त्री अधिकारीले नयाँ सत्ता समिकरण बनेर भूमि मन्त्रालय सम्हालेसँगै गुठी,सहकारी आन्दोलनमा सहमति गरिएको बताउनु भयो । उहाँले कब्जा गरेका सरकारी जग्गा सरकारीकरण गर्ने अभियानमा लागेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल